३१ औ ए एन ए सम्मेलनमा ३० सगरमाथा आरोहीहरु उपस्थित with video...

न्युयोर्क असार २७, 

३१ औ ए एन ए न्यु योर्क सम्मेलनमा सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने ३० विभिन्न कीर्तिमानी आरोहीहरु उपस्थित भएका थिए lउक्त ए एन ए सम्मेलनमा सवैभन्दा धेरै २१ औ पटकको सफल आरोहण गर्ने आप्पा शेर्पा र सवैभन्दा छिटो १० घण्टा ५६ मिनेटमा आरोहण गर्ने कीर्तिमानी आरोही ल्हाक्पा गेलु शेर्पाको साथमा २८ जना सगरमाथा आरोहीहरु भेला भएका थिए । 

एएनएको इतिहासमा यतिको धेरै सगरमाथा आरोहीको उपस्थिति भएको यो पहिलो पटक हो । सम्मेलन मार्फत नेपालको पर्वतीय क्षेत्रको विकासको साथै अमेरिकाबासी नेपाली समुदाय माझ आरोहण गतिविधिको बारेमा जानकारी दिलाउनका लागी कीर्तिमानी आरोहीहरुलाई सम्मेलन आयोजकले निम्ताएका थिए । सम्मेलनमा उपस्थित भएका सगरमाथा आरोहीको टिमले आरोहण गतिविधिलाई नजिकबाट जानकारी दिने उदेश्यका साथ पर्वतारोहण प्रर्दशनी समेत गरेका थिए । 

प्रर्दशनीमा आरोहण कार्यमा आवश्यक पर्ने पर्वतारोहण उपकरणको साथै सगरमाथा आरोहण क्रममा देखेका अर्थपुर्ण तस्विरहरु र श्रब्य दृश्य (भिडियो )मार्फत प्रर्दशनी गरेका थिए । lसम्मेलनमा कीर्तिमानी आरोही आप्पा शेर्पा, ल्हाक्पा गेलु शेर्पा, पहिलो केटु तथा सगरमाथा ३ पटक आरोहण गर्ने सेराब जाङबु शेर्पा र महिला आरोहीहरु सैलि बस्नेत र जुनिता लिम्बुले सगरमाथा आरोहणको अनुभवसंगै ग्लोबल वार्मिङका कारण हिमालन क्षेत्रमा परेको प्रभावबारे चिन्ता व्यक्त गरका थिए । 

सगरमाथा पत्रकार आरोही आङछिरिङ शेर्पाद्धारा सञ्चालित कार्यक्रममा बौद्धधर्म गुरु लामा टुल्कुबाट कीर्तिमानी आरोहीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा नेपाल दूताबासका उप नियोग प्रमुख अर्जुनकान्त मैनाली र एएनएका अध्यक्ष छेवाङ शेर्पा लामाले कीर्तिमानी आरोहीले मुलुकको प्रतिष्ठा बढाएको उल्लेख गरेका थिए ।बाट : एभरेस्ट टाइम्स न्युज ,

====>> Video.....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com