यदी म ऊड्न सक्ने भये देखी ,
म आकाश् माथि पुगी दिन्थेँ |
बिस्तारइ चुनेर ,राम्रा -राम्रा ,
ताराहरु टिपेर ल्याइ दिन्थेँ |
फेरी ऊडान् भरेर ,जून लिन जान्थेँ,
सबैलाई तिम्रो मजेत्रोमा राखी ,
आफ्नै हात् ले सुन्दर हार् बनाइ दिन्थेँ|
चम्- चम् चम्कने त्यो सुन्दर् हार् ,
तेस्मा जून् को,पारस मणी जस्तै टल्कने ,
मुकुट् जून् राम्रो गरी जडि दिन्थेँ ,
त्यो प्यारो हार् ,तिमिलाई लगाइ दिँदा ,
तिमी कती सुन्दरी देखिन्थ्यौ प्रिये |
त्यो सुन् ,हिरा अनी माडिक् को के कुरा ,
सबैको गलामा देखिन्छ त्योत ,
सितरा को आफ्नै पहिचान् छ |
तेस्मा जून् को लकेट् पनि छ |
जो त्यो मैले तिम्रा लागि बनाइ दिएको छ|
बर्खामा घाम्पानी परेको बेलामा ,
आकास् मा ईन्द्रणी ,आएको बेलामा ,
ऊडिगै आकास् बाट टिपेर ल्याउँछु ,
तेस्को पनि राम्रो हार् हुन्छ ,
कहिले काहीँ लाई एसो फेर्फार् हुन्छ |
जब हिँड्छ्यौ यो हार् लगाएर तिमी ,
बाटामा हेर्नेको लाम् लाग्नेछ ,
अनी सितल् पबन् चलेको हुन्छ ,
तिमी धपक्क बलेकी हुन्छ्औ ,
अनी खुशीको के कुरा ,
सबै तिर तिम्रै चर्चा हुन्छ ,
हार् भनेकोत एस्तोपो हुन्छ ,
यो किन्न कहाँ पाऊँछ |
त्यो सितारा जडित् पछेऊरी ओढी ,
दङ्ग परेर हिँड्दा खेरी ,
भुइँमा खुट्टा हुँदैन होला ,
मेरो पनि त सान् बेग्लई
देखिन्छ्यौ तिमी सात्छ्यत् पारी|
बत्तिसै लक्ष न् कि खानि तिमी ,
मेरी मन् मन्दिर् कि रानी तिमी |
हरि ओली
साउदीया
साउदी अरेबियान् अयरलाइन्
साऊदिया क्याटेरिङ्
जेद्दा