तेलअभिव असार १९,
विनु लामा तामाङ : नेपाल तामाङ समाज, इजरायल द्वारा नेपालमा विभिन्न क्षेत्रमा पुर्याउदै आईरहेको आर्थिक सहयोगलाई निरन्तर दिदै थप राहत २,१९,४३० (दुई लाख उन्नाईस हजार चार सय तीस रुपियाँ ) सहयोग प्रदान गरेको छ । संस्थाको सचिव श्रीमती उर्मिला पाख्रिन तामाङ र धार्मिक विभाग प्रमुख लामा थुप्तेन तामाङ दोय छुट्टीमा नेपाल जानु भएको बेला संस्थाले नेपाल पठाएको आर्थिक सहयोग प्रत्यक्ष रुपमा हस्तान्तरण गर्नु भएको छ ।
सिन्धुली जिल्ला बस्तीपुर गा.वि.स वार्ड - १ घर भएका मिर्गौला पिडित आईतसिंह तामाङलाई उपचारको लागि आर्थिक सहयोग ने.रु. ५६,७३० (अक्षेरुपी छपन्न हजार सात सय तीस ) प्रदान गरिएको छ । त्यसैगरी बैदेशिक रोजगारको लागि कुवेत पुगेर खुट्टाको बिरामी भई नेपाल फर्केकी मकवानपुर जिल्लाका उर्मिला गोले तामाङलाई ने.रु.३०,०००|- (अक्षेरुपी तीस हजार ) उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
स्वास्थ्या र शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको संस्थाले यसपटक धार्मिक क्षेत्रमा पनि सहयोग प्रदान गरिएको छ । नेपाली राजदुतवास,तेलअविव,इजरायल लगायत इजरायलमा रहेको विभिन्न ११ वटा संघ/संस्था द्वारा आयोजित २५५७ औ बुद्धजयन्तीमा भक्तजनहरुले भगवान बुद्धको प्रतिमा चढाएको भेट्टि रकम र नेपाल तामाङ समाज,इजरायलको "तामाङ कल्याणकारी कोष" बाट गरी जम्मा १,३२,७००|- (अक्षेरुपी एक लाख बत्तिस हजार सात सय ) रामेछाप जिल्ला ड्दुवा गा.वि.स. वडा नं - ६ मा अवस्थित निर्माणाधीन नयाँ गुम्बा "होगमिन थारपा छोएखोरलिङ" का प्रमुख लामा गुरु प्रेम मोक्तान तामाङ ज्यूलाई गुम्बा निर्माणको लागि हस्तान्तरण गरिएको छ ।
भक्तजनहरुले भगवान बुद्धको प्रतिमामा चढाएको कुल भेट्टि रकम २६६५ सेकेल मध्ये आफ्नो भागको हिस्सा भन्दै २४२ सेकेल तामाङ घेदुङ, इजरायलले लिएको थियो भने बाँकी १० वटा संस्थाले भगवानको नाममा भक्तलुजनले चढाएको भेट्टि धार्मिक कार्यमा नै सदुपयोग होस् भनेर "होगमिन थारपा छोएखोरलिङ"गुम्बा,रामेछापमा पठाउने सर्वसम्मत निर्णय गरेको थियो ।
मानविय सेवा तथा धार्मिक शुभ-कार्यमा संलग्न हुनुभई सहयोय पुर्याउनु हुने सम्पूर्ण रत्नयुक्त संघ/संस्था तथा महानुभावहरुलाई संस्थाको अध्यक्ष सुन्दर सिंह तामाङले धन्यावाद व्यक्त गर्नु हुदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा आफुले गरेको बताउनु भएको छ ।
(क) आईतसिंह तामाङलाई आर्थिक सहयोग प्रदान गर्नु हुने सहयोगदाताहरुको नामवली :
१. बी बी लामा तामाङ - १०० सेकेल , काभ्रेपलाञ्चोक
२. लक्ष्मी योन्जन तामाङ - १०१ सेकेल , रामेछाप
३. उर्मिला थिङ - ५० सेकेल , हेटौडा
४. प्रमिला थिङ - १०० सेकेल , रामेछाप
५. राम बहादुर लोप्चन तामाङ - ५० सेकेल, गोर्खा
६. दावा डोल्मो लामा - ५१ सेकेल , साँखु , काठमाडौं
७. जुनु माया घिसिङ - १०० सेकेल , बारा
८. गंगा योन्जन तामाङ - ६० सेकेल, सिन्धुपाल्चोक
९. मिश्री योन्जन तामाङ - ५१ सेकेल , सिन्धुपाल्चोक
१०. हेमा लामा तामाङ - ५० सेकेल , कास्की पोखरा
११. सुनिता पाख्रिन तामाङ - ५० सेकेल , सिन्धुपाल्चोक
१२. सानु थिङ तामाङ - ५१ सेकेल, काठमाण्डौ
१३. छोयोईसंङ थिङ तामाङ - ५१ सेकेल , उदयपुर
१४. एजिना घिसिङ - ५१ सेकेल , काभ्रेपलाञ्चोक
१५. साम्देन लामा तामाङ - ५० सेकेल , काभ्रेपलाञ्चोक
१६. अमिर घिसिङ तामाङ - १२० सेकेल , काभ्रेपलाञ्चोक
१७. कल्पना मोक्तान तामाङ - २० सेकेल , रामेछाप
१८. सरिता कडेल तामाङ - ५० सेकेल , सिन्धुपाल्चोक
१९. टिका देवी मगर - ५० सेकेल, बाग्लुंग
२०. रिता कुमारी लामा तामाङ - ५० सेकेल , सिन्धुपाल्चोक
२१. चन्द्र माया बोम्जन तामाङ - ५० सेकेल, सिन्धुपाल्चोक
२२. छ्योकि तामाङ - ४० सेकेल,सिन्धुपाल्चोक
२३. केशरी घिसिङ तामाङ - ४० सेकेल,दोल्खा
२४. कल्पना घिसिङ तामाङ - ५० सेकेल, काभ्रेपलाञ्चोक
२५. कान्छी घिसिङ तामाङ - २० सेकेल, सिन्धुपाल्चोक
२६. सरस्वती तामाङ – ५० सेकेल, काठमाण्डौ
२७. सुन्दरसिहं लामा तामाङ - १०० सेकेल, रामेछाप
२८. रेणु मोक्तान तामाङ - १०० सेकेल, ईलाम फिक्कल
२९. दल बहादुर तामाङ - १०० सेकल, नुवाकोट
३०. लामा थुप्तेन तामाङ - १०० सेकेल, सिन्धुपाल्चोक
३१. उर्मिला लामा - ५० सेकेल, सिन्धुपाल्चोक
३२. सीता घिसिङ तामाङ - ५० सेकेल, काभ्रेपलाञ्चोक
३३. उद्ब बहादुर लामा तामाङ - २० सेकेल, काभ्रेपलाञ्चोक
३४. रामचन्द्र योञ्जन तामाङ - ५० सेकेल , धादिङ
३५. इशा लावती लिम्बु - ५० सेकेल , सुनसरी धरान
३६. सुनिता श्रेष्ठ - १०१ सेकेल, सोलुखुम्बु
३७. टंक राई - ५० सेकेल
(ख) उर्मिला गोले तामाङलाई सहयोग :
१. सुस्मिता योन्जन तामाङ र दोर्जे थिङ तामाङको सक्रियतामा - ८१५ सेकेल
(ग) होगमिन थारपा छोएखोरलिङ, गुम्बा , रामेछापलाई सहयोग :
१. २५५७ औ बुद्ध जयन्तीमा उठेको भेट्टि – २४२२ सेकेल
२. नेपाल तामाङ समाज ,इजरायल (तामाङ कल्याणकारी कोष) बाट – ५१,००० (अक्षेरुपी एकाउन्न हजार नेपाली रुपियाँ)
३. छिरीङ शेर्पा (अध्यक्ष,इजरायल शेर्पा संघ) – ५३६ (नेपाली रुपियाँ)
४. कान्छी घिसिङ तामाङ - ५५०० नेपाली रुपियाँ,सिन्धुपाल्चोक
५. जुनु घिसिङ तामाङ - ५५०० नेपाली रुपियाँ, बारा
६. सिर्जना मोक्तान तामाङ - १०० सेकेल
७. कृष्ण तामाङ - १०० सेकेल
८ . कृष्ण निरौला - १०० सेकेल , हेल्पिङ्ग हेन्ड , इजरायल