काठमाण्डौ असार १७,
अखिल नेपाल सञ्चार छापाखाना र प्रकासन मजदूर संघको केन्द्रीय पधादिकारीहरुको
बैठक सोमबार संघको केन्द्रीय कार्यालयमा अध्यक्ष बलदेब भट्टको अध्यक्षतामा
र अखिल नेपाल ट्रेडयुनियन महांसघको महासचिव क.गरेश रेग्मीको प्रमुख
अतिथ्यतामा सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ संगठन बिभागको निर्देसनमा आयोजित बै
ठकमा पूर्वबाट पुर्वी कमाण्ड प्रमुख एवम उपाध्यक्ष क.धर्मलाल माझी,मध्यबाट
मध्यकमाण्ड प्रमुख एवम उपाध्यक्ष अर्जुन गौतम र पश्चिमबाट पश्चिम कमाण्ड प्रमुख
एवम उपाध्यक्ष लिला बहादुर घर्तिमगरले आ–आफ्नो क्षेत्रको रिर्पोटिङ्गि राख्नुभएको
थियो ।
त्यसगरी उपमहासचिव चद्रशेखर अधिकारीले दोस्रो राष्ट्रिय सम्मलेनको हिसाव
प्रस्तुत गर्नु भएको थियो । बैठकमा उपस्थित सचिवहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपो
र्
टिङ्ग राख्नु भएको थियो ।
संगठन बिभागको तर्फबाट महासचिव रबि खड्काले बिषय राख्नुभएको थियो भने
संगठनको पूर्णकालिन कार्यकर्ता ब्यवस्थापन र आर्थिक आम्दानीको स्रोत बिकास र
बिस्तारको बिषयमा बरिष्ठ उपाध्यक्ष क.रमेश के.सीले बिषय राख्नु भएको थियो ।
अध्यक्ष क. बलदेव भट्टले दोस्रो राष्ट्रिय सम्मेलन पछाडिको संगठनको सम्पुर्ण
उपलब्धि, संगठन परिचालन को बिषयमा देखा परेका समस्याको अन्त लगायतका बिषय र
भाबि योजनाको बिषयमा आफ्नो निर्देसनात्मक भनाई राख्नु भएको थियो ।
बैठकको प्रमुख अतिथि महासंघको महासचिव क. गणेश रेग्मीले उपलब्ध पधादिकारि
हरुलाई पछिल्लो बेतन बोर्डको निर्णय कार्यान्वयनको बिषय, सामाजिक सुरक्ष को
षवापतको १ प्रतिसत कर कट्टि गरेको नगरेको सामाजिक सुरक्षाकोषको महत्व,र संगठनमा
आएका केही बिकृतिहरुबाट सच्चिन निर्देशन सहितको प्रशिक्षणात्मक मन्तब्य राख्नु
भएको थियो ।