इजिप्टमा मुर्सीलाई को पदच्युत, संविधानै निलम्बित I

इजिप्ट असार २० ,

इजिप्टको सेनाले राष्ट्रपति मोहम्मद मुर्सीलाई हटाउँदै सत्ता हातमा लिएको छ । सेनाप्रमुख जनरल अल-सीसीले अब मुलुकको सत्ता मुख्य न्यायाधीशको हातमा पुगेको घोषणा गरेका छन् । सेनाले संविधान निलम्बन गरेको छ भने राष्ट्रपति मुर्सीलाई उनकै निवासमा नजरबन्दमा राखेको छ ।

एक वर्षअघि सत्ता सम्हालेका मुर्सीविरुद्ध विपक्षीले सडक तताएका थिए । उनी पहिलो मुस्लिम राष्ट्रपति हुन् । मुर्सीलाई पदच्युत गरेपछि विपक्षी प्रदर्शनकारीले राजधानी कायरोस्थित चर्चित तहरिर स्क्वायर क्षेत्रमा खुशीयाली मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । -एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com