कोरिया जान रोकियेकालाई कुटनीतिक पहल इपिएसले सरकारसँग माग गरेको छ I

काठमाडौं श्रावन ६, 

कोरियामा काम गर्न कोरियाली भाषा परीक्षा र अन्य प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवायुवतीलाई कुटनीतिक पहल गरी जाने वातावरण मिलाइदिन रोजगार अनुमति प्रणाली (इपिएस) पीडित सङ्घर्ष समितिले सरकारसँग माग गरेको छ। 

Laptop Bag with every nagarik इपिएसअनुसार कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम चढाइएका छ हजार ५०० युवायुवतीको नाम रोस्टरबाट हटाएर नयाँ भाषा परीक्षाको तयारीमा सरकार जुटेपछि पीडितहरूले सो माग गरेका हुन्। समितिले आज रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक सरोज ढकालले स्वदेशमा रोजगारीको अवसर न्यून रहेकाले विदेशमा श्रम बेच्नका लागि रोजगार अनुमति प्रणालीअनुसार ठूलो धनराशि खर्चेर परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा गरेका नेपालीलाई सरकारले कुटनीतिक पहलद्वारा कोरिया जान पाउने व्यवस्था गर्नुपर्ने बताए। 

सो प्रक्रिया पूरा गरी कोरिया जान नपाएका पीडित रामबहादुर खड्काले सो प्रक्रिया पूरा गरेको दुई वर्षभित्रमा कामका लागि गइसक्नुपर्ने अन्यथा पुनः सुरुदेखि नै सो प्रक्रिया हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएकाले नयाँ कोटामा पुरानाहरूलाई समायोजन गरेरमात्रै भाषा परीक्षाको फारम खोल्नसमेत माग गे। 

सो समितिले विभिन्न १० सूत्रीय माग अघि सारेर आफूहरूको माग सम्बोधन नगरे धर्ना, जुलुस, घेराउ र आमरण अनसन बस्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। पीडितहरूले साउन ७ गते मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाउने, इपिएस पीडितहरू राजधानीमा जम्मा भएर केन्द्रीकृत आन्दोलन गर्नेदेखि आमरण अनसनसम्मका कार्यक्रमहरू घोषणा गरेका छन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com