लगातार बर्षाका कारण मोहना र पथरैया नदीमा आएको वाढीका कारण कैलालीका नारनपुर र धम्सिंपुर गाउँ बिकाश समितिका करिब दुइ सय घर परिवार विस्तापित भएका छन् ।
उक्त गाउँका खक्रौला बजारमा बाउन्न घर र नारायणपुर गाबिसका वडा न: ९ मा एक-सय तेह्र घर डुबानमा परेका छन् । धनसिंगपुर् र नारनपुर गाबिसका अधिकांस जलमग्न भएकाले बिस्थापित र डुबानमा परेका परिवारको यकिन तथ्यांक संकलन हुन संकलन हुन नकासकेको प्रहरीले जानकारी दिएको छ ।
धनसिंपुरमा वाढी बाट बिस्थापित परिवार हरु स्थानिय भानुभक्त प्राथमिक बिद्यालयमा आश्रय लिएर बसिरहेका छन तर त्यो बिद्यालय पनि पुरै वाढी ले जलमग भएको छ । खराकुलामा रहेको छोत्ति भन्सार कार्यालय पनु पुरै डुबानमा परेको छ ।