घामलाई घाटमा पुर्याएर जूनकिरी फर्कि रहँदा
आउनु तिमी चन्द्रमाले सूनपानी छर्कि रहँदा
मै बस्नेछु ओ प्रिय ! तिम्रै बाटो हेरि
चौतारीको बरको रुखमा हाम्रै नाम कोरि
कित आउनु मध्यरातमा ठुलोपानी दर्कि रहँदा
नत्र आउनु चन्द्रमाले सूनपानी छर्की रहँदा
झरी पर्दा रुज्दै सँगै हिंड्न मन छ अति
सुसाउँदै बग्न मन छ हुँदै दुबै नदी
हावा बनि छिट्टै आउनु पल-पल समय घर्कि रहँदा
फूल लिइ बस्ने छु म तिमीलाई पर्खि रहँदा
घामलाई घाटमा पुर्याएर.......
.....चन्द्रमाले सूनपानी छर्कि रहँदा.....
आउनु तिमी....
राजेश रुम्बा लामा 'अतृप्त्'
चितवन