संकोचलाई निशंकोच्को शक्तिमा बदल्दै रमा I

काठमाण्डौ असार २०,

भगवानले तँ आँट म पुर्‍याउँछु भन्छन् रे। यही उक्ति रमा अर्यालको जीवनमा चरितार्थ भएको छ। बाल्यकालदेखि लता मंगेशकर, आशा भोसले, साधना सरगम, कविता कृष्णमूर्ति आदि ख्यातिप्राप्त भारतीय गायिकाहरूको नक्कल गरी गीत गुनगुनाउने रमा संगीतलाई साधना र जीवनका रूपमा लिन्छिन्। रमा संकोचका कारण आफ्नो कला मारेर बस्न बाध्य थिइन्। 

आमाबुबाकी कान्छी छोरी रमा इलामको कोलबुगंमा जन्मिएकी हुन्। समयमै झापाका नवीन पोखरेलसँग वैवाहिक बन्धनमा बाँधिएपछि घरपरिवार तथा छोराछोरीको स्याहार-सुसारमा व्यस्त हुँदाहुँदै आफूसँग भएको प्रतिभालाई नै बिर्सिइसकेकी थिइन्। अहिले उनले छोराछोरी हुर्काएर आमाको दायित्व पूरा गरिसकेपछि मात्र आफ्नो प्रतिभा एवं इच्छा-आकांक्षालाई बाहिर ल्याएकी छिन्। 

संगीतकार दीपक शर्मासँगको २ वर्षे सांगीतिक अध्ययनपछि भर्खरै उनको गन्तव्य शीर्षकको शोलो एल्बम बजारमा आएको छ। श्रीमान् तथा घरपरिवारको सहयोगका कारण आफ्नो क्षेत्रमा सफलोन्मुख रमा साधारण गृहिणीले आफ्नो कला प्रस्फुटन र करियर अगाडि बढाउन के-कस्तो संघर्ष गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण हुन्।नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com