काठमाण्डौ असार २०,
पछिल्लो समय सरकारले व्यवसायीको दबाबमा सजिलै जस्तो सुकै माग पनि पूरा गर्ने र कैफियत गरेको प्रमाणित भएकाहरुलाई पनि कारबाही नगरी उन्मुक्ति दिदं जान थालेको छ । यो संगै व्यवसायी संगठनहरु आफुलाई थप बलियो ठान्दै विभिन्न माग पूरा गर्न धम्की दिने क्रम बढ्दो छ ।
सरकारले उपभोक्ता ठगेको पुष्टि हुँदा हुँदै पनि व्यवसायीको आन्दोलनकै कारण निरिह बनेर सुन व्यवसायी, ग्यास उद्योगी, पानी व्यवसायी, दूध डेरीहरु संग माग पूरा गर्ने, कारबाही नगर्ने सहमति गरेको थियो ।
अब फेरी ग्यास व्यवसायीले पनि विभिन्न माग तेस्र्याई पूरा नगरे पेशा बन्द गर्ने धम्की दिएका छन् । बुधबार ग्यास विक्रेता महासंघ लगायतले ग्यास व्यवसायी संयुक्त संघर्ष समिति गठन गरी पत्रकार सम्मेलन गरी आफुहरुका माग पूरा नगरेको भन्दे आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
ग्यास व्यवसायीहरुले आफुहरुले पाउदै आएको कमीसन ५ प्रतिशत पु¥याउनुपर्ने, कर छुट हुनुपर्ने, ग्यास कारोबारमा हालसम्मको मिस म्याच एक पटकका लागि छुट दिइनुपर्ने लगायतका ६ बुँदे माग प्रस्तुत गरेका छन् । आफुहरुको माग पुरा नगरे यहि असार २८ गतेबाट कारोबार बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । आफुहरुको माग नाजायज भए सरकारले प्रष्ट पार्नुपर्ने वा माग पुरा गर्नुपर्ने उनीहरुको भनाइ छ ।source, NB !