असार २३,
पोखरा बाट मुग्लिन आउदै गरेको एउटा यात्रु बस तनहुँको नदि स्थित पूल बाट मादी नदिमा खस्दा एघा जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ पुरुष ती महिला र एक बालक रहेका छन् । मृत्यु हुनेमा कावासोती हेमराज श्रेष्ठ , पोखराकी मनुमाया थापा , खोटांगका भारत श्रेष्ठ, अष्ट लक्ष्मी नारायण श्रेष्ठ , तनहुँ का आयुस थापा र ४० बर्षीय टीकामाया थापा रहेका छ बाँकी मृत्यु हुने ५ जनाको सनाखत हुन सकेको छैन ।
ना ४ ख ४६८४ न को बस अहिले पनि नदीको भंगालोमा आधा डुबेको अबस्थामा छ । बस भित्र रहेका अन्य लाइ पनि नदीले बगाएको आसंका गरिएको छ । उक्त दुर्घटनामा परेका घाइते ८ जनाको दमौली स्थित अस्पतालमा उपचार भैरहेको छ भने दुइ जना घाइतेलाई पोखरा लागिएको प्रहरी बरिष्ठ उपरीक्षक केदारमान भण्डारीले जानकारी दिए । एक बालकलाई बचाउने क्रममा बस पूल बाट नदीमा खसेको बसका चालकले बताए । चालकले दिएको जानकारी अनुसार बसमा करिब ३० देखि ४० यात्रु रहेका थिए । दुर्घटना स्थलमा उद्धार कार्य भैरहेको छ ।