काठमान्डू असार २२,
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र कञ्चनपुर उद्योग वाणिज्य संघ, महेन्द्रनगर, कञ्चनपुरको स्थानीय संयोजनमा २ दिने सुदूरपश्चिमाञ्चल क्षेत्रीय थारु नृत्य उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय थारु नृत्य उत्सवको पहिलो दिन २०७० आषाढ २१ गते थारु समुदायका कलाकर्मी, विद्वान्, सञ्चारकर्मी, पत्रकार, कर्मचारी, कलाकार, बुद्धिजिवि, नागरिक समाज र स्थानीय जनसमुदायको गरी २०० जना भन्दा बढिको उपस्थितिमा भएको विचार गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रममा “थारु समुदायका नृत्यहरुको विगत र वर्तमान अवस्था” विषयक कार्यपत्र संगीतकार, नृत्यकार, सञ्चारकर्मी, समाजसेवी एवम् संस्कृतिकर्मी श्री रेशम चौधरीले प्रस्तुत गर्नु भएको थियो भने उक्त कार्यपत्रमाथि टिप्पणी थारु समुदायका प्रतिनिधि, कलाकार, समाजसेवी श्री कृपालाल चौधरीले गर्नु भएको थियो ।
दोस्रो दिन मिति २०७० आषाढ २२ गतेको थारु नृत्य उत्सव अन्तर्गत सांस्कृतिक उत्सव एवम् कला साधक सम्मान कार्यक्रममा थारु जातिका विभिन्न नृत्यहरुको प्रदर्शन सहित सोही समुदायका कलाकर्मीहरुलाई सम्मान गरिएको थियो । कला साधक सम्मान कार्यक्रममा थारु संस्कृति संरक्षण विशेष योगदान पु¥याउनु भएका नृत्य र गायन विधाबाट श्री गुलावी राना र सङ्गीत विधाबाट श्री रेशम चौधरीलाई जनही नगद रु. १०,०००।– पुरस्कार, ताम्रपत्र र दोसल्ला सहित प्राज्ञ कविता आले, प्राज्ञ मिथिला शर्मा, प्राज्ञ यज्ञराज उपाध्याय, स्थानीय संयोजक एवम् कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशी र जिल्ला प्रशासन अधिकारी श्री परसुराम अर्याले सम्मान प्रदान गर्नु भएको थियो र यस उत्सवमा स्थानीय संयोजन गर्नु हुने कञ्चनपुर उद्योग वाणिज्य संद्य, विशेष सहयोगी महाकाली साहित्य संगम र सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई कदर पत्र प्रदान गरिएको थियो ।
यसै गरी प्रतिष्ठानबाट सुदूरपश्चिमको संस्कृति संरक्षणमा विशेष योगदान पु¥याउनु हुने विभिन्न विधाका १७ जना परमानन्द भण्डारी, तीर्थराज पाण्डे, गुणाकर पनेरु, भोजराज राना, धिरेन्द्र डंगौरा, रामलाल जोशी, वीरबहादुर चन्द, गणेशदत्त जोशी र कार्यक्रममा नृत्य प्रस्तुत गर्न सहयोग गर्नु हुने संयोजकहरुलाई प्रतिक चिन्ह प्रदान गरिएको थियो । सांस्कृतिक उत्सव कार्यक्रममा थारु, चौधरी र राना समुदायका नृत्यहरु कैलालीबाट होली नृत्य, छोक्रा, सखिया र कञ्चनपुरबाट छोक्रा झुम्रा, सखिया, होली नृत्य र ठडिया नृत्य प्रस्तुत गरिएका थिए । प्राज्ञ कविता आलेको अध्यक्षतामा सञ्चालन गरिएको दुवै दिनको कार्यक्रममा प्राज्ञ मिथिला शर्माले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने प्राज्ञ यज्ञराज उपाध्यायले कार्यक्रमको उद्देश्य, अवधारणाबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा विभिन्न जातजातिका कलाकार, विद्वान्, नागरिक समाजका अगुवा, साहित्यकार, राजनीतिक दलका प्रतिनिधि लगायत अपार जन सहभागिता रहेको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान राजधानी केन्द्रीत नभएर मोफसलमा केन्द्रित भई मोफसलका कलाकारहरुको संरक्षण, सम्बद्र्धन गर्न सके देशको संस्कृतिमा विकास हुने र यस्ता खालका कार्यक्रमहरुले स्थानीय कला संस्कृति संरक्षणमा उर्जा थप्नुका साथै सामाजिक एकतामा सहयोग गर्ने सहभागिहरुले बताएका छन्
कार्यक्रम संयोजक
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान