चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग I

रत्ननगर ७,

साउन पूर्वी चितवनको रत्ननगर १३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग प्राप्त भएको छ । अन्र्तराष्ट्रिय पत्रकार सञ्जालका अध्यक्ष दामोदर नेपालले केन्द्रलाई रु ५ हजार नगद सहयोग गर्नुभएको हो ।

केन्द्रमा आश्रित वालवालिकालाईका लागि खाद्यान्न खरिद गर्न नेपालले आईएमई मार्फत सो रकम आज पठाउनुभएको केन्द्रका अध्यक्ष केपिकिर ण शर्माले जानकारी दिनुभयो । केन्द्रमा मकवानपुर को काँकडा सहित चितवनका पहाडी गाविसका ४७ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन । मागेर चेपाङ वालवालिकालाई अध्ययन गराईरहेको सो संरक्षण केन्द्रका अहिले खाद्यान्न अभाव भएको अध्यक्ष शर्माले बताउनुभयो ।

शिक्षण सिकाई सम्बन्धी कार्यशाला रत्ननगर ७,साउन पूर्वी चितवनको पदमपुर–८ मा रहेको जनहित राप्राविमा आज देखिे शिक्षण सिकाई सम्बन्धी चार दिने कार्यशाला सुरु भएको छ । रेस्क्यू नेपाल र फिडा इन्टरनेशनले आयोजना गरेको सो तालिमामा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मीले जानकारी दिनुभयो ।

कार्यशालामा शिक्षण सिकाई,शैक्षिक सामाग्री निर्माण,योजना निर्माण र व्यवस्थापनको वारेमा छलफल गरि एउटा निस्कर्षमा पुगिने उहाँले जानकारी दिनुभयो । रेस्क्यू नेपालका कार्यक्रम संयोजक केआर चौधर ीको प्रमुख आतिथ्य एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तामाङको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com