चितवन ÷ साउन ७,
पुर्बि चितवनको पदमपुरमा रहेको साना किसान कृषि सहकार
ी संस्थामा असार २३ गते केही शेयर सदस्यले लगाएको ताला
आज अर्को समुहले फुटाएर सहकारीको कार्य संचालन गराएको
छ । सहकारीको भवन निर्माणका लागि जग्गा खरिद गर्दा प्रकृया पुर
ा नभएको भन्दै बिशेष साधारण सभाको माग राखेर कमला चालिसे ने
तृत्वको समुहले ताला लगाई दिएको थियो ।
हिजो सहकारी संस्थाले
समस्या समाधानका लागि सरोकारवालाहरुको बैठक आयोजना गर्दा
भदौ २९ गते बिशेष साधारण सभाबाट निकास निकाल्ने सहमति भएपनि
बैठकको अन्तिममा असन्तुष्ट समूहले थप माग राखेर ताला खोल्न
आनाकानी गरेपछि आज शेयर सदस्यको अर्को समुहले ताला खोलेको
आफूहरुलाई शेयर सदस्यहरुले ताला खोलेर काम गराएको
सहकारी ब्यवस्थापक शिलामाया बस्नेतले जानकारी दिनू भयो । १
३ सय ५५ जना महिला सदस्य रहेको सहकारीको संचालक समितिले
साधारण सभाबाट अन’मोदन गर्ने गरि जेठ २४ गते भवन निर्माणका
लागि जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।
पदमपुर ५मा दुबै
तिर बाटो भएको १३ धुर जमिन १६ लाख रुपैयामा खरिद गरेपछि शे
यर सदस्यको एक समुहले साधारण सभाबाट निर्णय नगराई जग्गा
खरिद गरिएको , जग्गाको मोल बढि परेको भन्दै बिशेष साधार
ण सभाको माग गरेको थियो । असार ६ गते जापानी महिलाहरु
को एक समूहले सहकारीको भवन निर्माणका लागि ७ लाख रुपैया
उपलब्ध गराउने भन्दै शिलान्यास कार्यक्रममा २ लाख १ हजार
रुपैया सहकारीलाई हस्तान्तरण गरेपछि संस्थामा बिबाद देखिएको
थियो ।
असन्तुष्ट समूहले जिल्ला प्रसासन कार्यालय , सहकारी प्रशिक्षण
तथा डिभिजन कार्यालय लगायतका निकायमा पनि बिशेष साधारण सभाको
माग राखेर निबेदन दिएका छन् ।
बिवाद मिलाउन संचालक समितिले साधारण सभाबाट जग्गा खरिदको
बिषय अनुमोदन नभए संचालक समिति आफैले जिम्मेवारी लिई सो
धभर्ना गर्ने सहमति भएपछि बिवाद समाधान हुन नसकेको सहकारी
अध्यक्ष गोमा सिंखडाले जानकारी दिनु भयो ।
सहकारीका सबै प्रकारका बिवाद समाधानको उपाए साधारण सभानै
भएकाले साधारण सभाबाट निकाश निकाल्नु पर्ने सुझाव आफुहरु
ले दिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्रशिक्षक
श्रीकृष्ण नेपालले जानकारी दिन भएको छ ।
२०६६ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरमा
दर्ता भएको सहकारीले ४ करोड ८७ लाख रुपैया शेयर सदस्यमा ऋण
लगानी गरेको छ ।
थप जानकारीका लागि ब्यवस्थापक ः शिलामाया बस्नेत ९८५५०
६२०७७ .