तिमी' र 'म' नभनौ, 'हामी' भनौ । कहिले 'हुन्न' नभनौ । समयको महत्वलाई चिनौं । समयसँग हिड्न सक्ने हौं । देश हाम्रो हो, देशले के दियो भन्ने नसोची देशलाई के दिनसक्छु - त्यो सोची देश र समाजको हित हुने कार्य गरौ हजुर यस्तै यस्ता मर्म र भावनाहरु बोकी , विशेष प्रवासमा बस्ने गैरआवासीय नेपालीहरुको हक र हितका लागि तथा प्रवासी नेपालीहरुले जोडजाम गरेको पुँजीलाई स्देशमा लगानी गर्न अभिप्रेरित गर्ने उद्देस्य स्वरूप २००३ अक्टोबरमा संस्थापक अध्क्षय डा. उपेन्द्र महतो लगाएत केहि अग्रजहरुको पहलमा गैरआवासीय नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ -एनआरएन को स्थापान भएको हो ।
यो संस्था स्थापना भएयता विदेशमा बसोबास गर्ने नेपालीहरुबीचको सञ्जाल पनि निकै फराकिलो हुँदै आएको छ ।विश्वभरी ६१ भन्दा बढी देशमा आफ्नो साखा विस्तार गरिसकेको संस्था NRN , मध्यपूर्व एसियाको शक्तिशालि राष्ट्र इजरायलमा पनि औपचारिक रुपमा २००७ मा निर्वाचन प्रक्रियाबाट श्री भुवन सिंह कुंवरको अध्यक्षतामा NRN इजरायलको कार्यसमितिको चयन गरिएको थियो |तत्कालिन समयमा सुस्त गतिमा नाम मात्रको एनआरएन भएर अगाडी आएको एन आर एन इजरायलको गर्भ संगै बिबादै विवादको घेरा भित्र होमिन पुग्यो ।
NRN इजरायलले इजरायलमा कार्यरत नेपालीहरुलाई NRN भन्ने संस्था इजरायलमा छ भन्ने कुनै आभास समेत गराउन सकेको थिएन । यसै क्रममा तत्कालिन अध्यक्ष भुवन सिंह कुवरको इजरायलमा बस्ने औपचारिक समय समाप्ति संगै राजिनामा दिई स्वदेश फिर्ता भए पश्चात रिक्त रहन गएको अध्यक्ष पदमा करिव ५ महिना पश्चात अप्रिल २०१० मा उपाध्यक्ष नयन्द्र चेम्जोङलाई कार्यकारी अध्यक्षमा चयन गरेको थियो । नयन्द्र चेम्जोङ अध्यक्ष भए पश्चात तत्काल गति लिन खोजेको एनआरएन इजरायलले लोकतान्त्रिक प्रक्रिया बाट संस्थालाई अगाडी बढाउने उद्देस्य अनुरुप ३० अगस्त २०१० भित्रमा नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
सोहि अनुरुप ७ अगस्त २०१०मा तत्कालिन कार्यसमितिको विघटन गरी तत्कालिन अध्यक्ष नयन्द्र चेम्म्जोङको संयोजकत्व र तत्कालिन उपाध्यक्ष जीवन खड्काको सह-संयोजकत्वमा निर्वाचन समितिको गठन समेत गरेको थियो । उक्त समितिले ६० दिन भित्रमा निर्वाचन नगराइए NRNA इजरायल स्वत नेपाली राजदूतावासको नियन्त्रणमा जाने जस्ता निर्णय समेत गरेको एन आर एन इजरायल विवादै बिबादमा भासिदै गयो नत निर्वाचन नै गरायो ,नत पुनर्गठन नै हुन् सक्यो |यसरी चरम विवाद र हाना-थापले एनआरएन इजरायलको एक कार्यकाल निस्क्रिय र संगठन बिहिन नै बन्यो ।
पछी पुन: २०१२ मा एनआरएन केन्द्रिय समितिले २०१२ जनवरीको अन्तसम्मको समयसिमा तोकी लोकतान्त्रिक प्रक्रियाबाट एन आर एन इजरायलको नयाँ कार्यसमिति चयन गरी यथासिघ्र नामावली उपलव्ध गराउन सर्कुलर जारी गरेपछि , जनवरी २०१२ मा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको पहलमा श्री सुवास खरेल जी को अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको थियो । गठन कार्यसमितिले पूर्णता नपाउदै चरम बिबादको घेरा भित्र परेको श्री सुबास खरेल जि अध्यक्षता रहेको एनआरएन इजरायल पटक पटक पुनर गठन हुदै एउटा निस्क्रिय अवस्था पार गरेर गुज्रीयो ।
हाल बिभिन् संगसंस्था प्रतिनिधि साथीहरु र सचेत युवा बर्गको पहल र सुझाव पश्चात ५ सदस्य निर्वाचन समिति बनाएर यहि जुलाई २०१३ भित्र लोकतान्त्रिक पद्धति द्वारा निर्वाचन सम्पन गराई , एनआरएन इजरायलको नयाँ कार्यसमिति को जन्म गराउने निर्णय भएको छ , यो स्वागत योग्य छ ।
करिव ४-५ हजारको हाराहारीमा संख्यामा बाँकि रकेका इजरायललका नेपाली कामदार हरुको हक हितको लागि यदी निस्वार्थ भावले एकआरएन इजरायलको गठन गर्ने हो भने वा साचिकै नेपाल र नेपालीको हितका लागि काम गर्ने सोच यहाँका अगुवाहरुको हो भने कमसेकम इजरायलमा रहेका नेपालीहरुलाई विश्वास दिलाउन सक्नु पर्यो , उनीहरु संग कमिटमेन्ट गर्नु पर्यो अनि सामाजिक सोच र भावना बोकेर आउनु पर्यो , नाम र पद लागि मात्र हाना र थप गर्ने हो भने फेरी एनआरएन इजरायलले यहाँको ईतिहाँसलाई पछ्याउने छ , त्यो नेपाल र नेपालीका नभएर ब्यक्ति गत नाम र पदको लागि मात्र हुनेछ र फेरी विवाद को घेरा भित्र नजाला भन्न सक्ने कुनै आधार छैन ।
तसर्थ हामी सबैको सोच सेवा नै गर्ने हो भने, हामी विदेशमा बस्ने नेपालीहरु एक हुन् आवस्यक छ । हाम्रो आवाज एकहुनु पर्छ । हामी गुट उप गुट भएर फुट्ने भन्दा जुट्ने बेला आएको छ र अर्को कुरा यहाँ कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाईहरुले पनि आफ्नो बुद्धि र विवेक प्रयोग गरेर सामाजिक सोच र सामाजिक सेवाको भाव बिकेका , स्वच्छ छबी भएका एनआरएन प्रतिनिधि चुन्नु पर्ने आवस्यक छ ।
अहिले देशको अर्थिक विकासमा गैरआवासीय नेपालीहरुले आफ्नो तन, मन, धन लगाएर नयाँ-नयाँ कार्यक्रमहरु अघि सारीरहेका छन् । नेपाल सरकारले पनि हामी गैरआवासीय नेपालीहरुको हक र हितमा ध्यान दिनु जरुरी छ । स्वदेस फर्केर केहि गर्न चाहने नेपाली हरुको लागि लगानी को सुनिस्चित हुने बातावरण मिलाई दिनु पर्छ ।
तसर्थ हामी सबैले देश र समाजले हामी संग के मागी रहेको छ मनन गरौ ,मर्म ,भावना बुझौ र सबैले तिमी' र 'म' न भनौ, 'हामी' भनौ । कहिले 'हुन्न' न भनौ । समयको महत्वलाई चिनौं । समयसँग हिड्न सक्ने हौं । देश हाम्रो हो, देशले हामीलाई के दियो भन्ने नसोची देशलाई के दिन सक्छु - त्यो सोचौं । जे गरे पनि हामीले गर्ने हो , हामीले नगरे कसले गर्ने ? भन्ने भावनाको विकास गर्यौ भने देश र समाज आफै बन्छ ।
अन्तमा आशा गरौ यस पटकको एनआरएन इजरायलको कार्यसमिति विवाद रहित हुनेछ, समितिमा यसपटक सामाजिक सोच र भावना बोकेका सोच्छ व्यक्त्तितव हरु रहनु हुनेछ , जसले हामी र हाम्रो नेपाल अनि हामी नेपाली मात्र नेपाली भनेर सप्पूर्ण नेपाली हरुको हक हितको लागि काम गर्नु हुनेछ । धन्यबाद ।
कृष्ण निरौला
हसन्दह मोरंग, हाल इजरायल ।