आफ्नै १२ बर्षीय छोरीमाथि बाबुले गर्यो यस्तो कुकृत्य I

आमा नभएका बेला धम्क्याउँदै जबजस्ती गर्ने :

रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको ह्वामा गाविसका एक व्यक्तिले छोरीलाई बलात्कार गरी फरार भएका छन् । ह्वामा गाविस–७ का रोका थरका एक व्यक्तिले १२ वर्षीया आफ्नै छोरीमाथि विगत एक वर्षदेखि बलात्कार गर्दै आएको खुलासा प्रहरीमा उजुरी परेपछि भएको हो । 

पछिल्लोपटक यही साउन ९ गते छोरीमाथि यौन दुव्र्यवहार गरेको थाहा पाएर रोकाकी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि पीडक साउन १० गते बिहानैदेखि बेपत्ता छन् । अभियुक्त रोकाको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक जीतबहादुर खड्काले बताउनुभयो । बालिकाका अनुसार बाबुले आमा नभएको बेला धम्क्याउँदै जबरजस्ती गर्दै आएका थिए । रोकालाई जबरजस्ती करणी र हाडनाता करणी गरी दुईवटा मुद्दा लाग्ने प्रहरीको भनाइ छ । NB: 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com