न्यु योर्कका नेपाली तेक्वान्दो खेलाडी गुरुंगलाई रजत तथा कांस्य पदक I

भर्जिनिया साउन ५

विजय थापा  : नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दुर्गा गुरुंगले अमेरिकाको सिकागो राज्यमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (च्याम्पियनसिप)- २०१३ मा कांस्य र रजत पदक जित्न सफल भएका छन् । 

उनले पुरुषतर्फ वरिष्ठ ब्रेकिड(तोड )मा रजत पदक जितेका हुन् भने पुरुषतर्फ कै अधिक तौल (हेभिवेट )समूहमा कांस्य पदक जितेका छन् । उनले उक्त प्रतियोगिताको प्रतिस्पर्धामा कोलोराडो, न्यू जर्सी तथा न्यू मेक्सीकोका आफ्ना तीन प्रतिस्पर्धीहरुलाई पराजित गर्दै उक्त पदक जितेका हुन् । 

दुर्गा गुरुङ न्यूयोर्कको तर्फबाट प्रतिनिधित्व गरेका थिए भने गुरुंग सेमि फाइनलमा नर्थ क्यारोलिनासंग पराजित भएका थिए । अमेरिकाको सिकागोमा जुलाई ३ देखि ८ सम्म सम्पन्न अमेरिकी राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१३ मा अमेरिकाभरिबाट करिब ४००० तेक्वान्दो खेलाडीहरुले भाग लिएका थिए ।






Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com