कविता : By, गोपाल प्रधान I


आमाको मायाको उत्तर...

मेरो जन्मभूमिलाई यो परदेशीको,
धेरैं धेरैं माया लुकाएको छ भनिदेऊ!
हुर्केको आँगनमा फर्की आउने धोको,
दिनदिनैं मुटुमा सजाएको छ सुनाईदेऊ!

जीवन र मृत्युलाई अंगाल्ने छोरो यो,
तिम्रो काख त्यो विर्सेको छैंन भनिदेऊ!
कल्पित बृक्षलाई हुर्काउने आमा तिम्रो,
आशाको दियो निभेको छैँन बुझिदेऊ!

घरको आँगनमा हुर्केको कोमल फूल,
इच्छा शक्ति बडोस भनि आशिष देऊ!
प्रकृतिको यो घनिष्ठ सम्बन्ध बचाउन,
प्यारो छोरो टीकाथाप्न आउँदैछ पर्खिदेऊ!

गोपाल प्रधान 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com