मागेरै जीवनयापन बिपन्न चेपाङ्ग I

चितवन साउन ५ 

भण्डारा ५ चौकीडाँडाँका ४१ बर्षिय कृष्ण बहादुर चेपाङले अपाङगता र आर्थिक विपन्नताका कारण मागेर गुजरा गर्दै आएका छन । धादिङ र चितवनको सिमानामा विकट पहाडी गाउँ कान्द्राङगढीवाट १८ बर्ष अधि बसाई सरेर भण्डारा झरेका कृष्ण बहादुरको जमिनको नाममा १५ घुर ऐलानी जग्गा छ । त्यसैमा छ उनको राम झुपडी । 

मुश्किलले टाउको लुकाउन मिल्ने झुपडी भित्र उनी सहित श्रीमति र २ छोराछोरी गरि ४ जनाको बास छ । एक बर्ष अधि सम्म हट्टाकट्टा कृष्ण बहादुरलाई विहान बेलुकाको छाक टार्न केही समस्या थिएन । बलियाबाङ्गा थिए मजदुरी काम प्रसस्तै पाउथे ज्याला मजदुरीको कमाईले उनको घर राम्रै संग चलेको थियो । उनको जिवनमा त्यतीवेला ग्रहणलाग्यो जतिवेला दुर्घटनामा परेर दाया खुट्टा भाचियो र टाउको फुटनुको साथै एउटा आखाको ज्योति पनि गुम्यो । 

भारतीय नम्वर प्लेटको ग्यास ट्याङकरले भण्डारामा मजदुरी गर्न हिडेको वेला उनलाई ठक्कर दियो । त्यस पछि वेहोस भई ढलेका उनलाई स्थानीयको सहयोगमा उपचारको लागि काठमाडौं लगियो । आफनो भन्ने कोही नहुदा ट्याङर वलाले पनि अधकल्चो उपचार गरेर काठमाडौंवाट भागेपछि आर्थिक अभावका कारण उनको वाँकी उपचार सम्भव भएन । त्यस पछि आफुलाई मागेर परिवार पाल्नुको विकल्प नभएको मलिलो अनुहार लगाउदै कृष्ण बहादुरले बताए । 

अत्पदृष्टि भएका उनले मागी हिड्दा बाटो काट्ने सहाराको निम्ती स्कुलजाने उमेरकी ५ बर्षिय छोरी साउनी मायालाई संगै लिएर हिड्छन । अशिक्षाका कारण उनले अहिले सम्म सरकारले दिने अपाङगता परिचय पत्र पनि पाउन सकेका छैनन । अतिसिमान्कृत समुदायमा पर्ने चेपाङ समुदायको नेपाल अधिराज्य भरिको जनसंख्या ८० हजारको हाराहारीमा रहेको छ भने चितवनमा मात्रै ३० हजार भन्दा बढि रहेको छ । 

अपाङगता भएका चेपाङहरुको संख्या कति छ हाल सम्म सरकारी तथ्याङकमा पनि कुनै लेखा जोखा छैन । चेपाङ जातीहरु विषेश गरी परापूर्वकाल देखि भिर पखेरामा बसोवास गर्दै आएको हुनाले भिर या रुखवाट लडने साथै गरिबीका कारण यथेस्ट तत्ता कपडा नहँदा जाडोवाट बच्न आगाृको भर पर्नुपर्ने हुन्छ । त्यसैले वालवालिकाहरु आगोमा परि अंगभङग हुने र ज्यानै सम्म जाने खतरा अझै सम्म पनि रहेको चेपाङ अभियान्ता केपिकिरण शर्माले बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com