संकटग्रस्त जिम्बाबे राष्ट्रपति निर्वाचन I

हरारे  श्रावण १७ ,

संकटग्रस्त जिम्बाबेका जनता बुधबार राष्ट्रपति पदको निर्वाचनका लागि मतदान गरिरहेका छन् । राष्ट्रपति मुगाबेले ३३ वर्षे शासन लम्ब्याउन धाँधली गरेको आरोप लगाइएको छ । अफ्रिकाका सबैभन्दा पाका नेता ८९ वर्षीय मुगाबे सातौ पदावधिका लागि निर्वाचनमा उम्मेदवार बनेका हुन् । यो सम्भवतः उनको अन्तिम प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यो राष्ट्र हिंसा तथा आर्थिक संकटबाट ग्रस्त छ । उनले हरारेको बाहिरी भागमा एक केन्द्रमा जनताले स्वतन्त्र तथा निष्पक्ष रूपमा मतदान गर्न पाउने र कसैलाई पनि दबाब नदिइएको दाबी गरे । अपि|mकी स्वतन्त्रता आन्दोलनका नेता तथा सुरुमा श्वेत अल्पसंख्यक शासनको विरोधी मुगाबेले यस निर्वाचनमा पराजय भोगे पद त्याग गर्ने बताएका छन् । प्रधानमन्त्री मोरगान त्स्भाङगिराई राष्ट्रपति मुगाबेका निरन्तर प्रतिद्वन्द्वीको रूपमा रहिआएका छन् । 

उनले निर्वाचनमा धाँधली भएको बताएका छन् । सन् २००८ को निर्वाचनमा उनका २०० समर्थकको हत्या भएको थियो । उनले मत खसाउँदा मुभमेन्ट फर डेमोक्रयाटिक चेन्ज -एमडीसी) ले जित्ने बताए । ६१ वर्षे त्स्भाङगिराईको सहरी क्षेत्रमा बलियो पकड छ । सन् २००८ को निर्वाचनमा हिंसापछि जिम्बाबेको अर्थतन्त्र धरासयी भएको छ । यहाँका लाखौं नागरिक कामका लागि विदेश पलायन भएका छन् । एमडीसीले मंगलबार निर्वाचनमा धाँधली भएको प्रमाणको रूपमा कागजातहरू दक्षिण अपि|mकी विकास समुदाय -एसएडीसी) का अनुगमनकर्ताहरूलाई बुझाएको छ । 

उनीहरूले पनि यी प्रमाणले यस निर्वाचनका निष्पक्षताको विषयमा ठूलो प्रश्न उठाएको बताएका छन् । जुनमा गैरसरकारी रिसर्च एन्ड एड्भोकेसी युनिटले मतदाताको सूचीमा मृतकको पनि नाम रहेको, १ लाख मतदाताको उमेर सय वर्षभन्दा बढी देखिएको र एकै मतदाताको दोहोरो नाम रहेको उल्लेख गरेको थियो । जिम्बाबेको निर्वाचन आयोगले समस्या समाधान गर्न मंगलबार मतदाताको सूची पूर्ण रूपमा प्रकाशन गर्न आदेश दिएको छ । निर्वाचनमा ६४ लाख मतदाता छन् । यसपटक राष्ट्रपति पदको, संसदीय तथा स्थानीय निर्वाचन एकैपटक भएको छ । 

निर्वाचनमा विजयी हुन कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नु आवश्यक छ । जिम्बाबेमा निष्पक्ष अभिमत सर्वेक्षणको सम्भावना छैन तर पनि अमेरिकामा केन्द्रीय कार्यालय रहेको विलियम्सले मार्च तथा अपि्रलमा गरेको सर्वेक्षणमा वर्तमान राष्ट्रपति मुगाबेले कठिनाइबाट मात्र विजय प्राप्त गर्ने देखिएको थियो । आठ सय नागरिकमा गरिएको सर्वेक्षणमा ६१ प्रतिशतले एमडीसीलाई रुचाएको देखिएको थियो थियो भने मुगाबेको जानु-पीएफलाई २७ प्रतिशतले रुचाएको देखियो । सर्वेक्षणमा त्स्भाङगिराइले १० प्रान्तमध्ये सातमा अग्रस्थान प्राप्त गरेको छ । मतदान केन्द्र सााझ ५ बजे बन्द हुनेछ । नतिजा पाँच दिनपछि प्राप्त हुने अनुमान गरिएको छ ।एएफपी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com