सरकारले फेरी जनताको ढाड सकेको छ । बजेटको नाममा भरि मूल्य वृद्धि गरि उपभोक्ताहरु पर्न मारमा परेका छन् । चालु आर्थिक वर्ष २०७०/०७१ का लागि प्रस्तुत बजेटले दैनिक उपभोग्य वस्तुको मूल्य तलमाथि हुने गरी करका दरहरु परिवर्तन नगरे पनि त्यसैको बहानामा बजार मूल्य बढिसकेको छ । खाद्यवस्तुको १५ प्रतिशतसम्म र तरकारी तथा फलफूलको ३५ प्रतिशतसम्म मूल्य बढाएका छन्। यस भारी मूल्य बृद्धिले जनता झन् झन् महनगाइको चेपारोमा च्यापिएका छन् ।
काठमाडौंमा एक महिनाको तरकारी तथा फलफूलको मूल्य (केजीमा)
तरकारी २०७० असार २ २०७० साउन २
गोलभेडा ठूलो ३७.५० ८५.००
गोलभेडा सानो २९ ४९.२०
आलु रातो २०.५० २३.५०
आलु सेतो १५.५० २८.५०
प्याज २९ ४९
गाँजर ३२.५० ४७.५०
बन्दा ८ १५
काउली ३२.५० ५५
भिन्डी १७ ४२.५०
तितेकरेला १५ ४२.५०
अदुवा १४५ १७५
आँप ५५ ७५
खरबुजा १६ ४७.५०
(स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति)