लघु निबन्ध-भुटिएको बुध्दी By, सरण कुमार राई I

मकै भुटेको देखिन्छ , त्यो स्वाभाविक हो तर यो आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिले कार्यकर्ताको बुध्दी त भुटिसकेको थियो  अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने प्रयासमा लागिरहेको छ 

भुटेको मकै,चना, दाल , भटमास , धान , गहुँ केही पनि बिउ हुदैन  केवल खान मात्र काम लाग्छ  तर हाम्रो देशको कार्यकर्ताहरुको भुटिएको बुध्दी न खान काम लाग्छ न नयाँ बुध्दी उमार्न बिउकै काममा लगाउन सकिन्छ |भुटिएको बुध्दी न देश निर्माणमा नै काम लाग्छ 

राजनैतिक कार्यकर्ताहरुको भुटिएको बुध्दी त अब नसुध्रिने भैहाल्यो  सुध्रिने आश पनि रहेन  दुखको कुरा पुच्छर काटिएको स्यालले काम नलाग्ने सबैको पुच्छर काट्नु पर्छ भने झैँ राजनैतिक कार्यकर्ताहरु सबै अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने काममा जिउ छाडेर लागि परेका छन् 

सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि उनीहरुकै जस्तो गरि भुटियो भने वा राजनैतिक कार्यकर्ताहरुले सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि भुट्न सफल भए भने बुध्दिको बिउ कहाँ खोज्ने ?

तसर्थ संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिबाट सर्वसाधारण मतदाता , नागरिक ,जनतालाई जोगाउदै कसरि उनीहरुको बुध्दी भुटिन नदिने हो ? प्रमुख चुनौती भएको छ 
र ,आजको प्रमुख नारा भएको छ __आफ्नो र अरुको बुध्दी भुटिन नदिऊँ ! देश , समाज , राजनीति , व्यवस्था र जनताको बुध्दी जोगाऊँ !! अरु बढ़ि आफ्नो आफ्नो बुध्दी , आफ्नो आफ्नो खुसि ... ...।  

सरण राई
(लघु निबन्ध )
भुटिएको बुध्दी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com