युद्धअपराधको आरोपमा ९० वर्षीय नेतालाई ९० वर्षको काराबास I

ढाका  श्रावण ३,

बंगलादेशमा युद्धअपराधको आरोपमा गत सोमबार मात्र ९० वर्षीय नेतालाई ९० वर्षको कडा काराबासको सजाय सुनाएको दुई दिनपछि बुधबार अर्का एक नेतालाई मृत्युदण्डको सजाय सुनाइएको छ । प्रमुख विपक्षी दल जमात ए मुस्लिमका ती नेता ६५ वर्षे अली असान मोहम्मद मुजाहिदलाई विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

उनलाई पनि पनि यसअघिका नेतालाई जस्तै मानव हत्याको आरोप लागेको थियो । अदालतका तीन न्यायाधीशको इजलासले उनलाई झुन्ड्याएर मार्ने फैसला सुनाएको छ । उनी हाल उक्त दलका दोस्रो ठूलो दर्जाका नेता हुन् । उक्त कारबाहीको विरोधका लागि गठित १८ सदस्यीय विपक्षी गठबन्धनका पनि उनी प्रभावशाली नेता थिए । स्वतन्त्रताको समयमा भएको युद्धअपराधको छानविनका लागि भन्दै सन् २०१० मा विशेष अदालतको स्थापना भएको थियो ।

स्वतन्त्रताको समयमा कम्तीमा पनि पाँच लाख नागरिकको ज्यान गएको थियो । राजधानी ढाका लगायत विभिन्न सहरमा उक्त निर्णयका विरुद्धमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरिरेहका छन् । प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली प्रहार गरेका छन् । सयौं प्रदर्शनकारी घाइते भएका छन् । आन्दालेन व्यापक रूपमा बढ्ने अनुमान गरिएको छ । - (एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com