आगामी निर्वाचनका लागि ३१ वटा नयाँ निर्वाचन चिन्ह थप I

काठमाण्डौ असार २०, 

निर्वाचन आयोगले आगामी निर्वाचनमा भाग लने दल एबम उमेर्द्वरका लागि ३१ वटा नयाँ निर्वाचन चिन्ह थप गरेको छ । थप सहित एक एक सय सन्तानब्बे  वटा चिन्ह निर्धारण गरेको जनाएको छ । 

निर्वाचन आयोगले जम्मा एकसय संताबन्ने ओटा निर्वाचन चिन्ह छानोत गरेको च । ती मध्ये ३१ ओटा चिन्ह नयाँ थप गरिएका हुन् । निर्वाचनमा भाग लिनका लागि दल दर्ता आबेदनको संख्या बढी भएको र स्वतन्त्र उम्मेदवार बढी हुन सक्ने सम्भावनालाई समेत ध्यानमा राखी नयाँ चिन्ह निर्धारण गरिएको हो । 

चुनाब चिन्ह छनोटका क्रममा दल एबम उम्मेर्द्वरले चिन्ह आफैले छान्न सक्ने र आयोग आफैले पनि तोक्ने ब्यबस्था गरिएको छ । पुराना पाट्रिलाई पुरानै चिन्ह दिइने र नयाँ दल एबम स्वतन्त्र उम्मेदवार नयाँ निर्धारण गरेको चिन्ह दिइने आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गत्ते हुने निर्वाचनमा भाग लिने नयाँ र पुराना गरि एकसय उनन्चालीस ओटा दलले आबेदन दिएका छन् । 


अहिले आयोग दस हजार मतदाता हस्ताक्षर सहित आबेदन दिएका दलहरुको प्रमाणीकरण मा जुटेको छ । यो कार्य साउन तेस्रो हप्ता सम्म मा सम्पन्न गरिने आयोगले जनाएको छ । त्यस्तै आयोग अहिले संबिधान सभा सदस्य निर्वाचन आचारसंहिता प्रस्तावित मस्यौदा सहित अन्तिम रुप दिन विभिन्न सरोकारवाला हरु संगको छलफलमा ब्यस्त छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com