रत्ननगर,चितवन असार १९,
शिशिर सिंखडा : पूर्वी चितवनको एक मात्र सरकारी रत्ननगर
अस्पतालमा उपचारका लागि गएका विरामीलाई
डाक्टरले नै स्थानीय निजी अस्पतालमा उपचार
मा आउन भन्दै विरामीलाई पठाउने गरिएको
खुलासा भएको छ ।
अस्पतालमा सेवारत डाक्टर सन्तोष अधिकारीले
नीजी अस्पतालवाट मोटो रकम असुलेर सरकारी
अस्पतालमा आउने विरामीलाई रत्ननगरकै ओ
मसाईराम अस्पतालमा पठाउने गरेको पाईएको
हो । दाँतको उपचार गराउन अस्पताल पुगेकी
चतवनको विकट पहाडी गाविस सिद्धि–७ देउजरकी
२० बर्षिय जमुना चेपाङलाई डा.अधिकारीले
अस्पलालमा उपकरण नभएको भन्दै ओमसाईर
ाम अस्पतालमा पठाएपछि यस्तो घटना सार्वजनिक
भएको हो ।
बुधबार विहान साढे १० बजे सरकार
ी अस्पताल पुगेकी विरामी जमुना चेपाङले १० रु
पैयाको टिकट लिई डा. अधिकारीको कक्षमा
उपचारको लागि गएकी थिईन ।
अत्याधिक दाँत दुखेर गएकी विरामीलाई
उल्टै डा. अधिकारीले दाँतको राम्रो संग पर
ीक्षण नै नगरि दाँतको प्लाष्टर गरि निजी ओ
मसाईराम अस्पतालमा १ बजे आउन भन्दै उनी
अस्पताल वाट वाहिरिएका थिए । दाँत दुखाईका कार
ण रुदै विरामी जमुना चेपाङ सो निजी अस्पताल
पुगेकी थिइन ।
उनी त्यहा उपचारका लागि
पुगेपछि निजी अस्पतालमा टिकट काटेर पैसा
मागेपछि पैसा नभएर उनी झन रुन थालेकी
थिईन । ओमसाईराममा पैसा लाग्ने भएपछि
जमुनाले अनेत्र अस्पतालमा निशुल्क उपचार गर
ाएर फर्किएकी थिईन । यस भन्दा अघि पनि
रत्ननगर–७ निवासी ५२ बर्षिय टिकादेवी
आचार्यलाई पनि डा. अधिकारीले साईराममा
रिफर गरेका थिए । सो सस्तो शुल्कमा उपचार गर
ाउन सरकारी अस्पताल पुगेकी आचार्य डा. अधिकार
ीले रिफर गरेपछि महङगो उपचार गर्न बाध्य
भएकी थिईन ।
घटनाको विषयमा रत्ननगर
अस्पताल सञ्चालक समितिका अध्यक्ष जनीअहमद शे
खले डा. अधिकारीले पटक पटक विरामीलाई
अन्य अस्पतालमा पठाउने गरेको जानकारी
आएकोले सञ्चाकल समितिले यो घटनालाई
गम्भीर रुपमा लिएको बताउनु भयो । भर्खरै
मात्र नियुक्ति भइ अस्पतालमा आउनु भएका
अस्पतालका मे.सु. डा. कृष्ण प्रसाद पौडेलले
आफु काठमाडौमा रहेको र घटनाको विषयमा
जानकारी पाए पछि गम्भीर भएको बताउनु
भयो । चितवन आएर सो सम्वन्धमा छानविन गर्ने
उहाँको भनाई रहेको थियो ।