काठमाण्डौ असार २०,
एच आइभी एड्स नियन्त्रण क्षेत्रमा काम गरिरहेका विभिन्न गैर सरकारी संस्थाहरुले बिदेशी दाताहरुले कार्यालयको कामका लागि उपलब्ध गराएको रकम सरकारले नदिएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
एच आइभी एड्स नियन्त्रण तथा सरुवा हुन बाट रोक्ने रोगको काममा संलग्न पाँच ओटा गैर सरकारी संस्थाहरुले हिजो राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा नाराबाजी गर्नका साथै धर्ना दिए ।
सरकारले समयमै रकम उपलब्ध नगराउँदा सेवाग्राही हरुलाई सेवा दिन नसकिएको उनीहरुको भनाइ छ । पाँच ओटा ती संस्थाहरुले आफु हरुलाई सरकारले करिब एक अर्ब रुपैयाँ दिनु पर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले भने केहि रकम अर्थ मन्त्रालय बाट निकास भइसकेको भएता पनि ती गैर सरकारी संस्था हरु बाट खर्च भएको बिल उपलब्ध नगराएकोले रकम नपठायेकोले जानकारी दिएको छ ।