बेष्ट रेमिटको दुई बैंकसँग रेमिट्यान्स सम्झौता I

काठमाडौं साउन ७,

गैरआवासीय नेपालीहरुद्धारा संचालित बेष्ट रेमिट ने पाल प्रालिले रेमिट्यान्स भुक्तानीका लागि थप दुई बैंकसँग र ेमिट्यान्स सम्झौता गरेको छ । बेष्ट रेमिटले निर्धन उत्थान बै ंक र कैलाश विकास बैंकसँग सोमवार राजधानीमा छुट्टाछुट्टै सम्झौ ता ग¥यो ।

ग्रामिण भेगमा रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन बेष्ट रे मिटले निर्धन उत्थान बैंक र कैलाश विकास बैंकसँग यो सम्झौ ता गरेको बताएको छ । सम्झौता पत्रमा बेष्ट रेमिटका अध्यक्ष र ाजेन्द्र श्रेष्ठ र निर्धन उत्थान बैंकका डिजिएम भोजराज बस्याल तथा कैलाश बिकास बैंकका तर्फवाट कार्य संचालन विभाग प्रमुख विमल कुमार तिमल्सिनाले छुट्टाछुट्टै हस्ताक्षर गरे ।

यो सम्झौता पछि बेष्ट रेमिटवाट विश्वका विभिन्न मुलुकवाट आएको रकम निर्धन उत्थानको १ सय १८ तथा कैलाश बिकास बैंकको २३ शाखावाट भुक्तानी पाउन सकिने जनाइएको छ । बेष्ट रेमिटले यो सम्झौतापछि अव आफ्ना मुलुकभर रहेका एजे न्ट, सवएजेन्ट तथा सम्झौता भएका बैंकका शाखामार्फत आफ्नै घर आगनमा रेमिट्यान्स भुक्तानी लिन सकिने बताएको छ ।

यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, कुमारी बैंक, यति डेभलपमेण्ट बैंक, किष्ट बैंक, मे गा बैंक तथा बैंक अफ काठमाडौंसँग रेमिट्यान्स सम्झौता गरिसके को बेष्ट रेमिटले नयाँ सम्झौतावाट विश्वका विभिन्न मुलुकमा रहेका ने पालीहरुले आफ्ना परिवार तथा आफन्तलाई रकम पठाउन अझ सहजता ल्याउने बेष्ट रेमिटका अध्यक्ष श्रेष्ठले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com