साउन ७,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका
लागि वर्तमान गल्फ संयोजक नरेन्द्र भाटले उपाध्यक्षमा र एनआरएनए
वहराइनका निवर्तमान अध्यक्ष श्याम तामाङले सचिव पदका लागि आफ्नो
उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएन वहराइनको चौथो महाधिवे
शनका क्रममा बहराइनको नेपाली क्लबमा आयोजित कार्यक्रममा भाट र
तामाङले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन । एनआरएनको छैटौ
विश्व सम्मेलन तथा महाधिबेशन यही अक्टोवर १९ देखि २२ सम्म काठमाडौ
मा हुदैछ ।
आफ्नो उम्मेदवारीबारे प्रष्टयाउदै गल्फ संयोजक नरेन्द्र भाटले
आफुले गल्फ संयोजकको हैसियदमा वर्तमान कार्यसमितिमा गरिरहे
को कार्यको उच्च मूल्यांकन भएको र मध्यपूर्वमा रही आएको विविध
श्रम सम्बन्धी तथा अन्य समस्या समाधानका लागि अझै आवाज उठाउने
बताएका छन् । उनले बर्तमान समस्यामा क्रियाशिल भूमिका निर्वाहका लागि
र विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको समस्यालाई ससक्त रु
पमा अगाडि बढाउने तथा समस्या समाधान गर्ने उद्देश्यका साथ आफुले
उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका छन् ।
भाट कतारमा बस्दै आएका छन् । यसअघि नै कतारमा बस्दै आएका एनआर
एनका सचिव टिबी कार्कीले उपाध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् ।
यस्तै सचिवमा उम्मेदवारी दिएका एनआरएन बहराइनका निर्वतमान अध्यक्ष
श्याम तामाङले बैदेशिक रोजगारमा भएका श्रम तथा अन्य विविध पक्षको
समस्याका लागि आफुले गरेको कार्यको मूल्यांकन गर्दै खाडी तथा
विश्वका विभिन्न मुलुकका एनआरएनको सल्लाहमा आफुले उम्मेदवारी
दिएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने जनाए ।
उनले प्रवासी नेपालीका समस्या र उनीहरुका चाहनाका आवाज उठाउदै
समस्याको हल खोज्नका लागि आफुले उमेदवारी दिएको जनाए ।
कार्यक्रममा एनआरएन बहराइनको चौथो महाधिवेशनले टंक बस्ने
तको नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गरेको छ । जसमा प्र
थम उपाध्यक्षमा सन्तोष दाहाल, द्धितीय उपाध्यक्षमा चन्द्रमणि महतरा,
महासचिवमा काजी थापा मगर सचिवमा लालप्रसाद पुन, सह–सचिवमा नारायण उप्रेती,
कोषाध्यक्षमा कमल श्रेष्ठ, सह–कोषाध्यक्षमा पुरन क्षेत्री, युवा प्रतिनिधीमा
जयन्द्र घिसीङ्ग, महिला प्रतिनिधीमा लीला सापकोटा राना, कल्याणकारी
कोष संयोजकमा श्याम राई चयन भएका छन । यस्तै सल्लाहकार समितिमा प्र
मुख सल्लाहकारमा श्याम तामाङ र सल्लाहकारमा छवीलाल बिक, दुर्गा बहादुर
गिरी, गोरख रामजाली चयन भएका छन भने आईसीसी सदस्यमा झम्क
प्रसाद सापकोटा चयन भएका छन् ।