काठमाण्डौ श्रावन ६,
महाकाली नदीको कटानका कारण भुजेला लगायत विभिन्न क्षेत्रमा बिस्थापित भएकाहरुलाई विभिन्न संघ संस्थाको तर्फ बाट चौध लाख रुपैयाँ बराबरको राहत वितरण भएको छ । कार्यदाअस नेपाल र निड्स कंचनपुरले संयुक्त रुपमा सो रकम बराबरको राहत सामग्री वितरण गरेका हुन् ।
राहत सामग्रीमा चामल, दाल, तेल, नून, बाल्टिन, ओड्ने र बिध्यर्थिका लागि स्कुल ड्रेस , झोला , कापी किताब लगायतका सामग्री वितरण गरेको छ । पिडीत हरुले घरको क्ष्यति पूर्ति राहतले हनुने बाँकी क्ष्यति हुन नदिन बाँध / तटबन्धन निर्माण गर्नु पर्ने र बिस्थापित सबैलाई पुनस्थापित गर्नु पर्ने बताए ।