उपकुलपति पदाधिकारीलाई उपकुलपतिकै कार्यकक्षमा बन्द I

सुर्खेत, १४ साउन ,

रामकुमार शाही : एमालेनिकट अनेरास्ववियुले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलगाएतका पदाधिकारीलाई उपकुलपतिकै कार्यकक्षमा थुनेको छ । विगतदेखिका आफ्ना माग पूरा नगरेको र गैरजिम्मेवार काम नसच्याएको भन्दै अनेरास्ववियुले उपकुलपति पदमलाल देवकोटा, रजिष्टार, डिन लगाएतका पदाधिकारीहरुलाई थुनिएको संगठनका जिल्ला अध्यक्ष डम्मर गरंजा मगरले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने उपकुलपतिको कार्यालय तनावग्रस्त बनेको छ । प्रहरीले ताला खोल्ने प्रयास गरेपनि विद्यार्थीहरुले अवरोध गरिरहेका छन् । विगत लामो समयदेखि विभिन्न विद्यार्थी संगठन तथा अन्य पेशागत संगठनहरुले उपकुलपति लगाएतका पदाधिकारीहरुले मनपरी काम गरेको भन्दै विश्वविद्यालयमा तालाबन्दि गर्दै आएका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com