साउदी श्रावन १४,
वैदेशीक रोजगारीको सिल सिलामा साउदी अरेविया पुगेका करिव ६ लाख ५० हजारको हाराहार
ीमा रहेका नेपालीहरुमध्ये अधिकांस नेपालीहरु लेबर भिषामा गएको पईिन्छ । विशेष
गरि नेपाली कामदारहरुले काम गर्ने भनेकंै थ्रि डि हो ।
अहिले साउदी अरेवियामा करिव ८०
–९० हजारको हाराहारीमा ईलिगल नेपालीहरु रहेको
अनुमान गर्न सकिन्छ ।
साउदी अरेवियाको पुर्विय प्रान्त दमाममा नेपाल फर्कनको लागी पर्खेर बसेका ने
पालीहरु ः फोटो राजेश लिम्बु ।
अहिले साउदी सरकारले आम माफि (एमनेष्टी) दिई
ईलिगल रुपमा कामगरिरहेका कामदारहरुलाई स्वदेश फर्कनको लागी जुलाई ३ सम्मको
समयसिमा दिएको थियो ।
उक्त समयसिमामा करिव ४० हजारको हाराहारीमा नेपालीहरुले ने
पाल फर्कनको लागी निबेदन दिएको दुताबासले जनाएको छ । केहि नेपालीहरु
नर्फकेका पनि होईन तर स्थिती नशोचेको बन्न पुग्यो दिएको अवधिमा प्रकृया
पु¥याएर फर्कन नसके पछि पुनः साउदी नरेशद्धारा नोभेम्बर ४, २०१३ सम्मकोलागी
थप गरिएको छ । यो एउटा खुसीको पाटो भएपनि अर्कोतर्फ नेपाल फर्कनको
लागी सबै कामदाम छाडेर बसेका नेपालीहरु भनेकै समयमा फर्कन सकेन ।
यसरी दिनको ४५–५२ डिग्रिको तापक्रम र रातमा खुल्ला आकासमा सुत्न विवसछन नेपालीहरु ः फोटो सुर्य खड्का
अहिले हजारौं नेपालीहरु दिनमा ४५–५२ डिग्रि तापक्रममा खुल्ला चौरमा बस्न
विवशछन भने रातमा पुल मुनि र रुखमुनी सुत्न विवस छन । यस्तो अवस्थामा ति नेपालीहरु नत
काममा फर्कन सकेका छन नत नेपाल नै । विविभ श्रोतले दिएको जानकारी अनुसार जो सित
पैशा छ, जसले खर्च गर्न सक्छ उ नेपाल फर्कन पाईरहेका छन । जो सित पैसा छैन खर्च
गर्न सक्दैन उ नेपाल फर्कन सकिरहेको अवस्था छैन । उनिहरु अलपत्रमा परिरहेकाछन । अवत
ति नेपालीहरुसंग भएको अलि अलि पैशा पनि सकिएको छ ।
खान नपाएरै मर्नेपो होकी
भन्ने स्थितीमा पुगेको छ । वस्ने ठाउँ छैन, खाने ठाउँ छैन, पैसा छैन यस्ता समस्याहरुले
गर्दा ति नेपालीहरुको स्वास्थ्य दिन प्रतिदिन नाजुक हुदै गईरहेको समाचारहरु प्राप्त
भएको छ । पुन जी र सुर्य खड्का जीले साउदी बाट दिएको जानकारी र फोटाहरु अनुसार
अब पनि सम्बन्धीत निकायले चासो नदेखाउने हो भने ति नेपालीहरुको स्वास्थ्यमा
गम्भीर असर पर्न गई भविश्यमा ठूलो टुर्घटना नपर्ला भन्न सकिन्न । सम्बन्धीत
निकायलाई बेलैमा चेतना भया ।