काठमाण्डौ असार २५,
मीरादेवी काफ्ले पोख्रेल : हाम्रो परम्परा एवं संस्कृतिले महिलालाई महत्वपूर्ण स्थान दिएको इतिहासबाट प्रस्ट हुन्छ। ईशापूर्व ३ सय वर्षअघि महिला र पुरुषबीच समानता थियो। संकटको अवस्थामा आÏनो शक्ति अर्थहीन भैसकेपछि अन्तिम सुरक्षाका निम्ति महिलाको गुहार मागी तिनैको शक्तिद्वारा शत्रु परास्त भएपछि पुरुषहरू सुरक्षित भएका प्रशस्त उदाहरण हामीसामु छन्।
हामी अझै पनि 'मनु' को 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता' लाई लगातार दोहोर्याइरहन्छौं तर पुरुषहरू तिनै नारीको ठूलो अपमान र दुरुपयोग गरी उनीहरूको अस्तित्वमाथि धावा बोल्न पनि पछि पर्दैनन्।
नेपालको इतिहासको कालखण्डलाई विश्लेषण गर्दै जाँदा राज्य सञ्चालनदेखि लिएर अस्त्र परिचालन, युद्धकला, शास्त्रार्थमा सहभागिता आदिमा महिलाको भूमिका उल्लेख्य पाइन्छ। दैवीकाल, वैदिककाल, पौराणिककाल, लिच्छवीकाल तथा मल्लकालको पूर्वार्द्धसम्म त्यो समानता कायम थियो। शक्ति, बुद्धि एवं धनमा महिलाको प्रमुखता थियो भने गार्गी, मैत्रेयीजस्ता विदुषीहरूले राजा जनकको दरबारमा शास्त्रार्थ गर्थे।
लिच्छवीकालमा मायादेवी तथा विजयावतीले राज्य सञ्चालनका साथै शिक्षा हासिल गरी शिलालेख लेखाउनेदेखि लिएर समाज सुधारका कार्यसम्म गरे भने राजल्ल देवीहरूले पनि राज्य सञ्चालनमा विभिन्न क्षेत्रको भ्रमण गरी आÏनै थरका उत्तराधिकारीको छनोट गरेका उदाहरण पाउन सकिन्छ। मल्लकालको उत्तरार्द्धमा शास्त्र, परम्परा र संस्कृतिको खिल्ली उडाउँदै महिलालाई भोग-बिलासको साधन मान्न थालियो। मल्ल र शाहकालमै विभिन्न कुप्रथा भित्र्याइयो, फलस्वरूप महिलामाथि दुःख, यातना, पीडा, चिन्तादेखि लिएर मृत्युसम्मका प्रताडना थोपरिए।
जिउँदै जल्नुपर्ने सतीप्रथादेखि लिएर दासी बन्नुपर्ने, पशुसरह बेचिनुपर्ने, दाइजोका रूपमा माल-सामान पठाएसरह ठूलाबडाका छोरीका विवाहमा दासदासीहरू पठाउने अमानवीय कार्य पनि हुन थाले।
यही परिप्रेक्ष्यमा केही समयपछि नारीको आधुनिक इतिहास कोर्न नेपालका राजनीतिक परिवारका महिलाहरू अघि सरे। दिव्या कोइराला, मंगलादेवी सिंह, साधना अधिकारी, साहना प्रधान आदि महिलाहरू महिला मुक्ति आन्दोलनका अग्रणी बने। अन्य महिला दिदी-बहिनीहरू पनि मुक्तिका लागि लडे। यद्यपि राणा तथा पञ्चायतकालमा महिला दिवस मनाउन सजिलो थिएन।
पूर्वीय परम्परा एवं संस्कृतिले महिलालाई महत्वपूर्ण स्थान दिएको छ।
इतिहासबाट स्पष्ट हुन्छ-ई.पू. ३ सयभन्दा पहिले महिला र पुरुषबीच समानता थियो। सन् १८०० देखि महिला र पुरुषबीच भेदभाव बढ्दै गयो। सबैतिर भेदभाव बढ्दै जाने क्रममा सामाजिक क्षेत्रमा बाल विवाह, अनमेल विवाह, बहुविवाह, साटफेर, करकाप, छोरीलाई दाउरा-घाँस, घरधन्धा छोरालाई स्कुल, छोरा जन्मँदा खुसी, छोरी जन्मँदा दुःखी, भ्रुण परीक्षण गरी छोरी भए भ्रुण हत्या, छोरीको क्षमतामा अविश्वास, केटाको पक्षबाट दाइजो, तिलक, यौन शोषण, शारीरिक यातना, महिनावारी तथा सुत्केरी हुँदा प्रथाका नाममा यातना, देउकी, झुमा, कुमारी प्रथा र महिलाको कर्तव्य एवं अधिकारको जानकारी नराख्नु आदि छन्। आर्थिक क्षेत्रको कुरा गर्दा विश्व जनसंख्याको ५० प्रतिशत भाग महिलाले ओगट्छन् भने नेपालमा कुल जनसंख्याको ५१ प्रतिशत महिला छन्।
महिलाले सम्पूर्ण श्रमशक्तिको २ तिहाइ काम गर्छन् तर विश्व सम्पत्तिमा १ दशमलव ५ भन्दा कम अधिकार राख्छन्। महिलाहरू परिवारभित्र र बाहिर लिङ्ग तथा वर्गको दोहोरो मारमा पीडित छन्, समान काममा समान ज्याला छैन। १८ घन्टा काम गर्नु तर १० भागमा १ भाग मात्र पनि प्रतिफल नपाउनु, स्वविवेकले काम गर्न नपाउनु, वेश्यावृत्तिमा लाग्न बाध्य पारिनु, रोजगारीको प्रलोभन देखाई अनैतिक काममा लगाउनु तथा विज्ञापनको साधन बनाइनु आदि महिला हितविरुद्धकै कार्य हुन्। यसैगरी शैक्षिक क्षेत्रको कुरा गर्दा पनि थुप्रै समस्या देखिन्छन्।
शिक्षा विकासको आधारशीला हो तर शिक्षाको अवसर नदिई शिक्षा उसको पनि जन्मसिद्ध अधिकार हो भन्ने कुरा बिर्सनु, अभिभावकले छोराछोरीलाई समान रूपले नहेर्नु, शिक्षित परिवारले आधुनिकताका नाममा छाडा छोड्नु, चेतनाको अभाव र समान अवसर नहुनु प्रमुख छन्। राजनीतिक क्षेत्रले पनि महिलाको अवस्था उकास्न खासै काम गर्न सकेको छैन। संविधानमा महिला उत्थान तथा समानताको प्रस्ट व्याख्या नहुनु, राजनीतिक चेतना दिने अवस्थाको पर्याप्त योजना नहुनु, रोजगारी तथा अन्य प्रलोभन देखाई शोषण गर्नु, नेताहरूको भाषणमा आश्वासन र व्यवहारमा संकुचन हुनु एवं समानताको नारा दिनु तर व्यवहारमा नउतार्नु यस क्षेत्रका समस्या हुन्। नारी !