दुई मुक्तक _
१
नसालु ति नजरको कसरी म बयान गरु
लठ्थै पार्ने अधरको कसरी म बयान गरु
कालो लामो केश उन्को गाजलु छन आँखा
छिनिएको कम्मरको कसरी म बयान गरु
२
झुटो मुस्कान उन्को भित्री कुरा खास रैछ
बाध्यतामा हासेनी जीवन जिउदो लास रैछ
धेरै हन्डर थक्कर खादा खाँदै जिन्दगीमा
उमंग त्यो नस्ट भै जीवन साह्रै उदास रैछ
मान थापा "बुलन्द'
बाग्लुङ गलकोट
हाल काठमाडौं