काठमान्डू असार ८,
नबल्परासिको राकाचुली गाविसमा वडा न;९ चन्दनतारमा मंगलबार पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन् । पहिरोले पाँच घर बगाएको छ ।
त्यस्तैगरी अविरल बर्षाका कारण दोलखाको दुर्गम गाबिस मार्बुङ्गमा पनि पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता भएका छन । पहिरोले घर बगाउँदा मार्बुका पालेथामिका परिवारका पाँच जना बेपता भएका हुन् । यसैगरी नारायणी नदीमा आएको चितवनको मंगलपुर र मेघौलिका केहि भाग डुवानमा परेको छ । नारायणी नदीमा वाढी आएपछि मंगल्पूर्ण गाउँ बिकास को सरनपूर्णका पन्द्र गाह्र र मेघौलीको ताल्बास, चिसाबास, जोगिटोल र लौखुरिमा पानी पसेपछि डुवानमा परेका हुन् ।
यसैगरी चितवनको जिद्धे नगर वडा न; २ मा पनि नारायणी नदि पानी पसेको छ । वाढीले घर हरु डुवानमा परे पनि कुनै मानबिय क्ष्यति भने पुगेको छैन । वाढीले करिब दुइसय बिगाहा क्षेत्रफलमा लगाइएको धानमा भने असर पुर्याएको छ । यस्तै अविरल बर्षाका संगै रुपन्देहीको तिनाउ नदीमा आएको वाढी आउँदा बुटवलकी एक बालिकाको मृत्यु भएको छ । उक्त वाढीले बुटवल नगरपालिकाको वडा न;१३ स्थित बिना पाटि भन्ने ठाउँमा नौं वटा गाह्र बगाएको छ । सहि ठाउँका दर्जनौं घर जोखिममा परेका छन् ।
तिनाउन नदीमा आएको वाढी का कारण बुद्ध नगर, मझुवा, प्रगति नगर, पबित्र नगर लगायत नदि किनाराका बस्तीहरु जोखिममा छन । यसैगरी रुपन्देहीको बैरहवा बजार जलमग्न भएको छ । बजारमा पानी पसेपछि सदरमुकामका सरकारी कार्यालयहरु पनि प्रभावित बन्न पुगेका छन । नगर भित्र ढल निकास को उचित प्रबन्ध नहुँदा नगर जलमग्न भएको हो । नाबल्परासिकै अरुण खोलामा आएको वाढीले डुवान र कटान गरेपछि नया बेलहानी गाबिस का एक सय पचास गाह्र बिस्थापित भएका छन् । यहीं वढीकै कारण खेति योग्य ठुलो क्षेत्रफल पुरै बगर मा परिणत भएको छ भने भर्खरै लगाएको धानबाली नष्ट गरेको छ ।