अविरल बर्षाले वाधिमा परि ५ को मृत्यु दस बेपत्ता I

काठमान्डू असार ८,

अविरल बर्षाका संगै  देशका विभिन्न भागमा गएको वाढी र पहिरोमा परि पांच जनाको मृत्यु भएको छ भने दस जना बेपत्ता भएका छन् । 

पहिरोमा परेर पाल्पाको खानिछाप गाबिसको वडा न;७ आम डाँडामा दुइ बाब्ल्बालिकाको मृत्यु भएको छ । यसैगरी पाल्पाकै पिपल डाँडा ७ आर्गी डाँडामा एउटा घर भत्कँदा एक जनाको मृत्यु भएको हो । 


यसै बीच विभिन्न ठाउँमा गएको पहिरोले सिद्धार्थ राजमार्ग तानसेन तम्घास, बर्तुङ्ग राम्दी सडक खण्ड समेत अबरुद्ध भएको छ । पहिरोका कारण म्याग्दीको पानी स्वरामा पांच घर हरु जोखिम परेका छन् । त्यस्तै गरि बर्षाले म्याग्दीको सदरमुकाम बेनीको मंगल्घाट स्थित  महिला तथा  बालबालिका को कार्यालय निर्माणाधीन  भवनका साथै अन्य दुइ वटा क्ष्यति पुर्याएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com