आफ्नै आदेश सर्वोच्चले गर्यो खारेज I

  काठमाण्डौ श्रावण ९ ,

 सर्वोच्च अदालले नेपाली नागरिकता बिना मतदाता परिचय पत्र नदिन यसअघि दिएको आफ्नै आदेश खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दामोदारप्रसाद शर्मा र न्यायाधीशद्वय गिरिशचन्द्र लाल तथा तर्कराज भट्टको संयुक्त इजालाशले मतदाता नामावली संकलन कार्य सम्पन्न भैसकेको अवस्थामा नागरिकता बिना मतदाता परिचय पत्र नदिन जारी गरेको आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेको हो ।

यसअघि न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले नागरिकता नभएकाहरुलाई मतदाता परिचय पत्र दिने कार्य तत्काल रोक्न गत असार ३१ गते अन्तरिम आदेश जारी गरेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com