बेलायतका भावी उतराधिकारीको उदय I

बेलायत श्रावण ८ -

राजकुमार विलियम पत्नी केटले बेलायतको तेस्रो उत्तराधिकारीको छोरा जन्माएकी छन् । प्रसव वेदना सुरु भएपछि सेन्ट मारी अस्पताल भर्ना भएकी केटले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नयाँ उत्तराधिरीको आगमनको खुशीमा राष्ट्रले खुशीयाली बनाउने प्रतिक्रिया दिएका छन् । 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि बेलायती उत्तराधिकारीको जन्म भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिएका छन् । बेलायती राजकुमारीले बेलयती समय अनुसार सोमबार बिहान ४ बजेर २४ मिनेटमा जाँदा ३ केजी ९ सय ग्रामको छोरा जन्माएकी बेलायती राजदरबारद्वारा जारी बिज्ञप्तीमा भनिएको छ । राजदरबारका सबै सदस्यहरु नयाँ उत्तराधिकारीको जन्मको खबरले खुशी भएको बिज्ञप्तीमा उल्लेख छ । 

जन्मको घोषणाको लागि अस्पतालले दिएको सूचना बकिंघम दरबार लगेर सूचना पाटीमा लगेर टाँसिएको थियो । बेलायती दरकारका नयाँ सदस्य राजकुमार चाल्र्स र विलियमपछिका उत्तराधिकारी हुन् । बेलायती संसद्ले अबदेखि पहिलो सन्तान छोरा वा छोरी जे भए पनि राजपरिवारको उत्तराधिकारी हुने गरी केही अघि कानुन संशोधन गरेको थियो ।एजेन्सी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com