३१ औ ए एन ए शानदार सांस्कृतिक समापन '' (ग्रान्ड फिनाले ) समारोह With Video...

भर्जिनिया ,आषाढ ३०,

विजय थापा : ३१ औ ए एन ए सम्मेलनको ''शानदार सांस्कृतिक समापन '' (ग्रान्ड फिनाले )समारोह स्थानीय तथा नेपालका ख्याती प्राप्त राष्ट्रिय बिभिन्न कलाकारहरुद्वारा प्रस्तुतिको साथ समापन भएको छ 

उक्त सांस्कृतिक साँझमा नेपालका बरिस्ठ पप गायक ओमबिक्रम बिष्ट, बरिस्ठ लोकगायक प्रेमराजा महत, चर्चित गायिका नलिना चित्रकार र चर्चित पप गायक राजु लामाले भरपुर मनोरंजन दिएका छन् भने लामो समयको अन्तराल पछि मह जोडीको प्रस्तुतिले सुनमा सुगन्ध ल्याएको छ 


शानदार सांस्कृतिक समापन (ग्रान्ड फिनाले )साँझमा चर्चित हाँस्य मह जोडीले जुलाई ४ तारिखको प्रहसनलाई दोहोर्‍याएर प्रस्तुत गरे भने 'संयुक्त नेपाली कलाकार संघ (युना)' का न्यू योर्कमा रहेका कलाकारहरु र अन्य कलाकारहरुले साँगितिक प्रस्तुतीबाट दर्शकहरुको भरपुर मनोरन्जन दिलाउन सफल भए। गायनतर्फ सपना श्री, यम बराल, जगदीश समाल मगर, सिर्जना लामा, तिलक श्रेष्ठ, संजोक लामा, अभय ढुंगेल, राजेन्द्र राई, राजेश थापा मगर र बिमल डाँगीलगायतले सामूहिक र एकल गायन प्रस्तुत गरेका थिए भने संगितकारहरु राज कपुर, बिमल बुढाथोकी, राजेन्द्र कर्ण र शिशिर श्रेष्ठले प्रतक्ष्य सांगीतिक प्रस्तुत गरे। 

 नेपाली चलचित्र जगतकि अभिनेत्री गौरी मल्ल, प्रख्यात नृत्यांगना लक्ष्मी श्रेष्ठ, रमेश उप्रेती र एलिशन लामाले मोहक नृत्य प्रस्तुत गरेका थिए । न्हुछेनारायण डङ्गोल, राम श्रेष्ठ र गीता बिर्लाकोटीको समूहले दुई वटा प्रतक्ष्य सांस्कृतिक प्रसारण प्रस्तुती गर्‍यो l समापन समारोहमा सदा झैँ यस पाली पनि ३१ औ एएनए सम्मेलनको अबसरमा बिभिन्न खेलमा बिजयी खेलाडीहरुलाई एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा तथा सम्मेलन संयोजक समिर महर्जनले नगद ,पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com