गजल : By, तारा प्रसाद अधिकारी I



दर्शन नमस्कार सुनिता जी !~~~गजल~~~१०~~~
भित्ताको कैदी टाँसेको फोटो नहेर्नु आमा //
काखमा तिम्रो हासेको फोटो नहेर्नु आमा //१//

बोकेर खुशी फर्कन्छु भनि छुट्टिने बेला//
अंगालो बाँधी राखेको फोटो नहेर्नु आमा //२//

गरिबी मास्न आएको थिए समुन्द्र तरी//
घोषित मृत भाचेको फोटो नहेर्नु आमा //३//

सपना भयो हजुरको छोरा भुलेर पनि//
छातीमा मुटु गाँसेको फोटो नहेर्नु आमा//४//

प्राणको कुनै भरोसा हुन्न अधुरा नाता//
बाहुमा लुक्दै नाचेको फोटो नहेर्नु आमा//५//
________तारा प्रसाद अधिकारी
______दानाबारी,गरुवा [ईलाम]

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com