गजल : By, कल्पना राई"खुशी" I



जिन्दगीका मुद्धाहरु कति-कति छिने मैले//
मान्छे रुपी आकृतीमा कालो मन चिने मैले//

रात रात हुन्न केहि धैर्य याहा गर्ने पर्छ,
बर्षौ बर्ष कर्म बेची थोरै खुशी किने मैले//

लटरमै फल्यो आज हिरा मोती जता त्यतै,
यही धन कमाउन काँडा माथी हिने मैले//

बिर्सी दिएँ  आफुलाई, अरुलाई  हर्ष  दिन,
जिम्दा आफ्ना ईच्छाहरु घट्टो माझ पिने मैले//

सुख भोग्न दु:ख रोज्नु,कर्म ठुलो भाग्य सामु,
भोगाईका दुई शब्द  यति  नै हो  दिने मैले//

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com