नेपाली नेपाली नारी आवाजको कार्यसमिती बिस्तार I


इज़रायल असार ३१, 


नेपाली नारी आवाजको अध्यक्षमा सुश्री लिला लिम्बु मनोनित 



सुमित्रा पौडेल 'आँचल' : इजरायल असार २९ ,गत सनिवार जुलाई १३ तारिख तेलभिबको लेबेन्सकी पार्कमा संस्थाका अधिकांश साधारण सदस्यहरु लगायत स्थानीय संघ संस्थाको उलेखनीय उपस्थितिमा बृहत छलफल पछी उपाध्यक्ष सुश्री लिला कुमारी लिम्बुलाई अध्यक्ष पदमा सर्बसम्मतीले मनोनयन गरेको छ 
बिगत ६ बर्ष देखि नेपाली नारी आवाजको नाममा लिला लिम्बु लगायत सस्थामा आबद्ध केहि दिदी बैनीहरुले इजरायलमा कार्यरत कामदारहरु को हक अधिकार र सुरक्षाको लागि आफ्नो व्यस्त कामको बावजुत पनि लड्दै र आवाज उठाउदै सेवा प्रदान गर्दै आएका छन् 


बिगत ४ महिना अघि संस्था नेपाल सरकारसंग आबद्ध भएपछी भू.पु अध्यक्ष अम्बिका क्षेत्रीले एकलौटी पाराबाट संस्थालाई अगाडी बढाउन खोजे पछी सामान्य बिबाद उत्कर्षमा पुगेको थियो । नेपाल सरकारसंग संस्था आबद्ध भएपश्च्यात बिधान बमोजिम ६ महिना भित्र कार्यसमिति पुनर्गठन गर्नु पर्ने हुँदा कार्यसमिति को निर्णय अर्थात् सामान्य प्रक्रियाबाट पुनर्गठन हुन नसके पछी गत जुन २२ सनिवार संस्थाले आम भेला राखेको थियो  

उक्त भेलाले जुलाई १३ सनिवार अध्यक्ष पदका लागि निर्वाचन गर्न निर्णय गरे अनुरुप गत सनिवार जुलाई १३ का दिन तेलभिबको लेबेन्सकी पार्कमा संस्थाका अधिकांश साधारण सदस्यहरु लगायत स्थानीय संघ संस्थाको उलेखनीय उपस्थितिमा बृहत छलफल पछी निर्बाचन समिति गठन भै अध्यक्ष पदका लागि चूनाबी प्रक्रिया अनुसार नामावली पेश गर्न निर्बाचन आयोगले आह्वान गरे पछी तत्कालिन अध्यक्ष अम्बिका क्षेत्री उक्त स्थान छाडेर बाहिरिनु भएकेा थियेा । 

क्षेत्री बाहिरीए पछि उपस्थित जन समुदायको माग र सबै संघ संस्थाको सरसल्लाह अनुसार उपाध्यक्ष सुश्री लिला कुमारी लिम्बुलाई सर्बसम्मतीले अध्यक्ष पदमा मनोनयन गरेको हेा । छलफलमा सहभागी संस्थाहरुमा एन आर एन इजरायल , आदिवासी जनजाती महासंघ , किरात आयोख्या ,किरात चिम्लुंग , तामाङ्ग समाज इजरायल ,सेर्पा संघ लगायत बिभिन्न संघ संस्थाहरुको उपस्थिति थियो 

सुश्री लिम्बु अध्यक्षको पदीय जिम्बेवारी पाएपछि संस्था भित्र रहेको बिबादलाई आगामी दिनमा संस्था भित्र नै छलफल र बहसका मध्यमबाट समस्याको सामाधान गर्दै संस्थाको सम्रक्षन र हितको लागि आफु लागि पर्ने बचन बद्दता व्यक्त गर्नु हुदै नेपाली नारी आवाज सदा सेवामा समर्पित रहने बताउनु भयो ।
संस्थालाई मर्यादित रुपमा अगाडी बढाउन यसरी नै आगामी दिनमा पनि सबै जन समुदाय ,क्षेत्र साथै संघ संस्थाहरुको सुझाब ,सल्लाह र सहयोगको अपेक्षा गर्नु भएको छ  


यस संस्थाले इजरायलमा बिशुद्ध रुपमा सेवामा समर्पित भै थुप्रै प्रसंसनिय कामगरु गर्दै आएको छ अब छिट्टै नेपालमा समेत नेपालका सक्रिय संघ संस्थाहरुसंग समन्नय गरी आफ्नो कार्य क्षेत्र बिस्तार गरिने नब निर्बाचित अध्यक्ष लिम्बुको भनाइ छ । सेाही दिन संस्थाका नब निर्बाचित अध्यक्ष सुशी लिला लिम्बुको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको सम्बन्धित सुत्रले बताएका छन् ,। जस अनुसार ....
नव निर्बाचित कार्य-समितिको नामावली --
१) अध्यक्ष सुश्री लिला लिम्बु
२) प्रथम उपाध्यक्ष श्रीमती नितु खतिवडा ,
३) दित्तीय उपाध्यक्ष सुश्री नेहा गुरुगं
४ ) महा-सचिव श्रीमती सुचित्रा खनिया
५) सचिव श्रीमती साबी पाठक
६) कोषध्यक्ष श्रीमती शान्ती पाख्रिन तामागं
७) सह-कोषाध्यक्ष श्रीमती सविना खडका
सदस्यहरु
८)श्रीमती सुमित्रा पौडेल 'आँचल'
९)श्रेमती सरिता बिष्ठ धिमिरे
१०) श्रीमती गोमा खनाल
११) श्रीमती यसिन राइ
१२) श्रीमती मिना भुषाल
१३) श्रीमती मुना ढकाल
सल्लाहकारको नामावली
१)श्रीमती अम्बिका क्षेत्री
२) श्री पुष्प श्रेष्ठ
३) श्री सुन्दर तामाङ्ग
४) श्री कृष्ण निरौला
५) श्री सुर्य सिम्खडा
६ )श्रीमती रस्मि घिमिरे
७) काजल घिमिरे नानु

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com