मनको गीत : By, दाजु गुरुङ I



यसरी नै रित्तीदैछ मनका चहाना
कहिले सम्म गरौ हजुर हाँस्ने वहाना
वहानाको डुंगा चढीं कति हिड्ने होला
मनको घाउ धोई दिने पिरती खोला ।

हाँस्न पनि मन भित्र फुल्नु पर्छ फूल
रुन पनि छाती भित्र खुल्न पर्छ दिल
ओठ्मा हाँसो दिलमा खुशी संसार उज्यालो
रुदा निभ्छ हाँस्दा वल्छ मनको दियालो ।

छाती भित्र हुरी चल्छ कुन खुशीमा हाँसु
वगर सरी नयन भित्र कहाँ खोजु आँशु
आँधी चल्यो फूल झरे हाँगा रित्तीएछ
परेलीमा छल्की दिने आँशु सिद्दिएछ ।

यसरी नै छल्कीरहेछ मनका भावना
कहिले सम्म गरौ हजुर हाँस्ने वहाना ।

 दाजु गुरुङ , हङकङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com