मिल्छ भने मेरो भाग्य फेरि देउन दैब!
के के छ यो खप्पर भित्र हेरी देउन दैब!!
बच्नै गारो लग्न थाल्यो एकै पल पनि !
अल्छिना भाग्य रेखा काटी देउन दैब!!
पुग्ने हो कि हैन त्यो हिडेको गन्तब्यमा!
आप्ठेरा छन् बाट हरु फेरी देउन दैब !!
आयो भने कुनै मोडमा बिग्रने त्यो मति !
आफ्नै शक्ति लगाएर घेरिदेउन दैब !!
अनिल बन
बाग्लुङ:दगा तुम्डाडा ५ देउराली
हाल:अबु धबी दुबइ