कविता : By, हरि ओली



भनेर केही साध्य भएन ,नुहाएर क्वै ऊपाध्य भएन ,
गधालाई जती नुहाएपनी ,त्यो त कहिल्यै गाई भएन 

एस्तो गर्छु र ऊस्तो गर्छु भनी,डर् देखाऊन खोज्नेहरु हो,
बाघको छाला ओढेको ब्वांसो ,कती गर्दानी बाघ् भएन 

स्वप्नाका महल् बांट्नेहरु हो ,बुझ त्यो कहिल्यै पुरा हुन्न ,
तिम्रो तोरिलाउरे तरिकाले गर्दा ,जन्तालाई शुख-शान्ती भएन 

रातो दिन्को झगडा र लफडा ,एऊटा काठे कुर्सी का लागि ,
स्वाधिनता देशको मर्नेहोकी?बांच्ने,जनतामा कहिल्यै डर् गएन 

त्यो भन्दा त ,यो राम्रो भनेर ,धर्म बेच्ने धर्म गुरु हो ,
मर्नलाई यहाँ सबै डराऊने ,नमरी कन क्वै स्वर्ग गएन 

भोक् ,रोग् ,डर् -त्रास् ,देश् को हालत् झन्झन् खराब् ,
बाइबल् ,कुरान् ,गिता ज्ञान पढें ,मन्मा शान्ती कसै भएन 

प्रजातन्त्रको मुखुन्डो ठुलो ,लुटेराहरुका ठुला जत्था आए ,
माटो,बाटो,ढुङ्गा-नदिनाला खाए,देश् मा बांकी केही रहेन 

एन् जि ओ आए-दात्रिसंस्था आए ,ठुलाठालुले धांक् जमाए ,
जन्ता का थाप्लमा ऋन्को भारी ,बिरामी खाने सिटामोल् पाएन 

जाने श्री खन्ड'नजाने बिंड् ,बांदर्का हात्मा,नरिवल् भन्थे ,
बेल्पाके काग्लाई हर्सन-बिस्मत् ,जन्तालाई प्रजातन्त्र आयोकी आएन ??

हरि ओली
साउदी अरबिया
साउदी अरबियन् एयरलाइन
साऊदिया क्याटेरिङ्
जेद्दा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com