मुक्तक _
१,
तिम्ले जस्तै मैले पनि सम्झेको छु प्रिया
प्रेमको यो बियोगमा तड्पेको छु प्रिया
तिम्रो मेरो पिरतिलाई अटल अमर बनाउन
मन भरिको माया साची पर्खेको छु प्रिया
२,
समाजमा तिम्रो सिर झुकाउने छैन
कसिएको प्रेम डोरी फुकाउने छैन
सधैं भरी तिम्लाई खुशी सँग राख्नेछु
त्यो मनलाई कैले पनि दुखाउने छैन
मान थापा ' बुलन्द्'
बाग्लुङ गलकोट
हाल काठमाडौं