दल दल लडेका छन लेख्नु छैन संबिधान
निकम्मा ति नेताको खै केनै रह्यो पहिचान
देसको लागि लड्दा खेरी अकालमा ज्यान गयो
खोइ त तिनी सहिद्ले पाएको यहाँ सम्मान
आफ्नै स्वार्थ पुरा गरे ढुकुटी त्यो रित्याएर
आएन बरै जनताको अनुहारमा मुस्कान
बेरोजगार युवा जती खाडी मुलुक छिर्दै छन
राज्यले तिन्लाई उचित नदिनाले लगान
लोक तन्त्र गण तन्त्र जे जे तन्त्र आए पनि
गरीब ति निमुखाले पाएनन कैले उत्थान
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल