कुनै दिन मिठो हुन्थ्यो गाढा मेरो माया ।
तितो भयो सोच्यौ आज काँडा मेरो माया ।।
इशाराले बोलाउदा बुझ्थ्यौ सबै कुरा ।
अनायासै किन सार्यौ टाढा मेरो माया ।।
बोलाऊछौ भन्ने आशा मन्मा जागी रह्यो ।
सर्बस्व सुम्पे पनि भयो आधा मेरो माया ।।
रंगिन छ माया भन्ने झुटो रैछ कसम ।
लाग्न थाल्यो भन्छौ आज सादा मेरो माया ।।
निश्चल माया गरेको थें थेन कुनै स्वार्थ ।
तिम्रो लागि भयो किन बाधा मेरो माया ।।
अनिल बन
बाग्लुङ :दगा तुम्डाडा
हाल :अबु धबी