शौखिन एवं धनाढ्य व्यक्तिलाइ लक्षित गरेर बि्रटेनको ल्यूवाग्लियोले सर्वाधिक महँगो ल्यापटप तयार गरेको छ। हीराजडित उक्त ल्यापटपमा १७ इन्चको एलआइडी स्क्रिन छ, जसमा एन्टी ग्लेयर रिफ्लेक्टिभ कोटिङ छ। त्यसैले यसको स्क्रिनमा दृश्य अति सफा देखिन्छ।
साधारण सिडी ड्राइभको स्थानमा ब्लू-रे ड्राइभ दिइएको जुन सिडीभन्दा धेरै गुणस्तरीय छ। १ सय २८ जीवीको सोलिड स्टेट डिक्सको स्पेस दिनुभएको यो ल्यापटपमा प्रयोगकर्ताले आफ्नो डाटा सेभ गर्न सक्छन्। इमेज आइडेन्टिफिकेसन सहितको यो ल्यापटपमा हीराको पावर बटन उपलब्ध छ। यसको मूल्य ८ करोडभन्दा बढी छ।