गजल : By, कल्पना पौडेल "जिज्ञासु" I



कलम सँग खेल्ने हातमा बन्दुक थमाइ दियौ
 डरै डरमा क्रान्तिकारी उपनाम कमाइ दियौ

 बिरोध गर्ने जतिलाई गोली बारुत बर्षाएर
 अबला तिनी नारिलाई बिदुवा बनाइ दियौ

सिधा सोझा युवालाई बलिका बाख्रा बनाइ
 नौलो क्रान्ती ल्याउन्छौ अब भनेर रमाइ दियौ

मिली बसेका जनतालाई आपसमा लडाएर
 आतंक फैलाई आफुलाई देस्द्रोही जनाइ दियौ

कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com