जिन्दगीमा कुनै त्येस्तो ठुलो रहर छैन अब।
सुन्दर सपना बोकिहिड्न शहर छैन अब।
पिउँदा पिउँदा जिन्दगीयो रित्तिसकेछ सब
मृत्युशैयामा पुराउने कुनै जहर छैन अब।
सुकिसकेका जिन्दगीका बिचरा चहानहरू
सुक्दैछन हराभरा बनाउने नहर छैन अब।
अस्ताइसकेको घाम म अन्धकारमा रूम्ली
परिलोघाम उदाउन बिहानी प्रहर छैनअब।
मरूभूमि जीवनमा रहर काँहाँ फुल्छ र ..?
हरियाली बनाउन वसन्त वहार छैन अब।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया